Posted by: भउते January 8, 2008
Introducing Shuvana: Happy New Year
Login in to Rate this Post:     0       ?        

बधाइ छ सानदाइ ! अनि क्युट शुभनालाई यो धर्तिमा स्वागतम्।

बाइ द वे, थोरै प्रसँग भन्दा बाहिर---बोस्टन गेट-टुगेदरको लागि सानदाइ र सिरिष गुरुलाई धेरै धेरै धन्यबाद। साझामा ३ बर्षदेखि बुर्कुसी मारिराखेपनि कस्का आगनाँ बुर्कुसी मारिएको छ भनेर प्रत्यक्ष रुपमा पत्तो थे'न। आफू अनमत्त बुर्कुसी मारेको घरको घरबेटीलाई आँखै अगाडि देख्न पाउँदा साह्रै खुशीलाग्यो। सानदाइ र शिरिष गुरुको निम्तोमा सरिक  भै प्रत्यक्ष भलाकुसारी गर्न पाउनु हाम्रो लागि अहोभाग्य थियो। 

अँ साँच्ची आफ्नै पारामा भन्नु पर्दा, उक्त भेलामा सानदाइलाई देख्दा सुत्केरी सुत्केरी जस्तो त लागेको थियो के, कुरो यस्तो पो रे'छ।   

फेरि एकपल्ट बधाइ छ।

Read Full Discussion Thread for this article