Posted by: ritthe January 6, 2008
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        
सबै गाउले मित्रहरुलाई यो रिट्ठेको नमस्ते
ठुल्दाइ, नमे आराम कुसल?

भउते महाराज को फिर्ती सवारि पछी चौतारी बासीको नाममा बक्स भएको सन्देशले अत्यन्त भावबिभोर तुल्याएको छ! धन्यवाद छ भउते यहाँ लाई !
वास्तवमा चौतारी भेलाका बखत उपलब्ध सिमित साधन र श्रोतहरुको अधिकतम सदुपयोग गरेर साथी भाईहरु लाई हृदय देखी नै स्वागत गर्न पाउदा मैले आफुलाई अत्यन्तै भाग्यमानी ठानेको छु।
४ दिनमा बिताएका  उक्त अविस्मरणिय पलहरु ले जीवन भर यो मुटुमा गहिरो/मिठो सम्झना छोडिरहने कूरामा दुई मत छैन !
बर्सौ बर्ष देखी चिनजान् भएका आत्मिय साथीहरु को भेट्घाट भन्दा कुनै कमी थिएन हामी अपरिचितहरुको पहिलो भेट !
सबै साथी भाईहरु  उत्तिकै रमाइला फरासिला भनुम आँखामा हाल्दा नि न बिझाउने जस्ता हुनुन्थ्यो
लामो समय देखी प्रतिक्ष्यारत हाम्रो भेला सफलता पुर्वक सम्पन्न भएको छ
हामी सबैलाई धेरै धन्यवाद। अब अर्को भेलामा यस्पाली आउन नमिलेका साथीभाईहरुको पनि सहभागिता हुनेछ भन्ने कुरामा पूर्ण आशावादी छौ हामी सबै !
नमस्ते !

Read Full Discussion Thread for this article