हैन ठूल्नानीको कथाले त तहल्का नै मच्चाएछ है । यस्तै हो भने एकदिन यिनी कथा-सम्राज्ञीको पदले विभुषित हुन बेर लाउदिनन् ।
अन ए सिरियस नोट, दो, कविता भन्दा गद्यमा कुरा बेसी स्पष्ट, बेसी ईमान्दार र बेसी ठ्याक्क भन्न सकिन्छ । त्यही हुनाले सन्सारमा सबभन्दा ज्यादा बिक्ने पुस्तकहरु जहिले पनि गद्य विधाकै हुन्छन्, कविता विधाका होईनन् ।
मैले यो प्रसंग ल्याएको चाही चौतारीको नयाँखर्के थ्रेडमा ठूल्नानीको फोटुमाथी कविता लेख्ने अनुरोधलाई मैले त मैले दानेले सुद्धा पुरा गरेन भन्ने गुनासोलाई सम्बोधन गर्न हो ।
भनें नि, जो मान्छेसंग भन्ने कुरा स्पष्टसंग, पुरा ईमान्दारीका साथ र ठ्याक्क राख्ने आँट छ, त्यसले कथा लेख्छ, प्रेमपत्र लेख्छ, टेक्स्ट मैसेज पठाउँछ, च्याट गर्छ । जो मान्छेलाई कुरा छल्नु छ, बढाईचढाई गर्नु छ, बहुअर्थी बनाउनु छ, त्यसले कविता लेख्छ ।
त्यसैले दानेले लेखेको एक प्रेमपत्र, एक एसएमएस, एक च्याट अरुले लेखेका हजारौं कविता/गजल भन्दा बढी सच्चा र मूल्यवान हो ।
तर मैले बदख्वाँई गरेको कविता चाही पाल्सी भाषामा लेखिएका कविताहरुको लागि हो है । कुरो नबङ्ग्याएर जस्ताको तस्तै राख्ने कविता त गद्यकै कोटीमा गईहाले नि ।
द्याट सेड, ठूल्नानीको यो साईनिङ मोमेन्टको अवसर पारेर उनको फोटुमाथी एउटा शेर हालेर उनको पुरानो अनुरोधलाई आंशिक रुपमा भे नि पुरा गरिदिन मुन लाओ ।
तर म ईमान्दार बन्छु है ।
माने, खासमा ठूल्नानीसंग कुरो गर्ने अवसर खासै मिलेन नयाँखर्के भेलामा । बरु दानेसंग बात मार्न भ्याईया थ्यो मजाले गाडीमा ।
एनिवे, त्यही कुरोलाई चन्दन दासले गा’को वशीर बद्रको यो शेरमा राखें है त ।
न जी भर के देखा न कुछ बात की
बडी आरजु थी मुलाकात कि