Posted by: rhishi January 3, 2008
MERO KAVITA -RHISHI
Login in to Rate this Post:     0       ?        
सम्पूर्ण साझावासी मित्रहरुमा नया बर्षको हार्दिक मंगलमय सुभकामना !! यस अवसरमा मेरो एउटा नया (उनीमा समर्पित) कविता  टाँस्ने जमर्को गरेको छु । धन्वाद ॥

            प्रेम-आलाप !!

नजर चार  हुँदा  हाय  पलक  ती झुकेर
अधर    फक्री     गर्छन्‌    इशारा   लुकेर

जवानीको     मादक     मदहोस    चाल
बजे   तार  मनमा,  बढ्यो  प्रेम छाल  ॥२॥

त्यो    चन्दन    सरीको    सुकुमार   देह
ती    सुन्दर   परेलीमा    मायाको   गेह
ती  सागर  झैं  आँखा; घना कालो केश
त्यो धड्कन् दिलैको, त्यो मायालु  भेष ॥

जुनेली    यो     रातमा      ताराको    साथ
यो   मादक    हवा  घोल्छ   उल्लास  वास
ती कुन्तल उडी दिन्छन् ‌ नव शुर ताल   
बजे   तार   मनमा   बढ्यो   प्रेम    छाल   ॥२॥

त्यो गालाको लाली अधरको त्यो मुस्कान्‌
यो  मौसम,  प्यालाको  मधु,  तिम्रो यौवन्‌
जवानीको        झिल्मिल       मदहोस     ताल
बजे   तार   मनमा     बढ्यो     प्रेम    छाल ॥२॥

 अस्तु ॥

 
Read Full Discussion Thread for this article