Posted by: भउते January 3, 2008
Login in to Rate this Post:
0
?
जदौ ! हुल्याहा ग्याङ !
बोर्डर काटेर यता ला'सी कस्तो सुरक्षित महसुस भो गाँठे, सुनौली बोर्डर काटेर बैरहवा आएपुग्या जस्तो।
३ बर्ख सम्म सप्पैलाई सक्तोसराप अरेर अहिले फिरी तिनैलाई भेट्न जाँदा कता लाशै गायप पार्नीहुन् कि भनेर मुटुमा ढ्याङ्रो ठोकिराथ्यो के रे। त्यै भे'र बोल्यो कि धोबि-पछाड पार्लान भनेर चुप्प लाएर भलाद्मी बनेर बसियो। अब त कम्पुटर आफ्नै हो, भोलि बिहानै भालेको डाँको सँगै सप्पैलाई पालैपालो सराप्न सुरु अर्नु पर्ला। आज त सराप्ने ताकत नि छैन।
जे होस जिउँदै आएपुगियो, गाम्लेहुर्। आजलाई पसारिएँ। एउछिनमा रिठ्ठेले भिँडियो देखाउन सुरु अर्ने होला। लु, अहिलेलाई गुटनाइट।