Posted by: shirish January 3, 2008
नेपालीले सुन्नै पर्ने कुरा -
Login in to Rate this Post:     0       ?        
सात युवा संगठन सुस्ता जाने

नेपालीपोष्ट प्रतिनिधि

काठमाडौं, जनवरी ३

राष्ट्रियताको रक्षा र सम्बर्द्धन संविधान सभाको लागि युवा तरुण अभियान अन्तर्गत सात दल सम्बद्ध युवाहरुले पुष २५ गतेदेखि भारतद्धारा अतिक्रमित भूमिको स्थलगत अध्ययन गर्ने भएका छन ।
सीमा र जलश्रोत बिज्ञहरुको साथमा युवा-तरुणहरु पुष २६ गते सुस्तामा पुग्ने भएका छन ।

त्यसैगरी अभियान अन्तर्गत बिभिन्न मिचिएको भूमि अवलोकन गर्दै ३० गते इलामको पशुपतिनगर पुग्ने कार्यक्रम उनीहरुले तय गरेका छन ।
युवा संगठनहरुले कञ्चनपुरमा भारतीय बिद्यार्थीहरुले गरेको प्रर्दशन र नेपाली माथिको आक्रामणको भत्र्सना गरेका छन ।

Read Full Discussion Thread for this article