Posted by: NayaSadak January 3, 2008
Nepal good with king or without king? have your say
Login in to Rate this Post:     0       ?        

समय सापेछ को कुरा गर्ने हो भने राजा हुनु भन्दा नहुनु नै बेस छ। यिनी हरु आर्थिक बोझ मात्रै हुन देशका लागि।
हाम्रो देशको ईतिहास हेर्दा र् बिगतका २ - ४  घटना नभएका भए , नाम मात्रका राजा हुनुमा केही फरक पर्दैन थियो।
हालका राजा, आफ्नो दाई र सपरिवार लाई सखाप पारेर ( रगतले मुछिएका हात र दिमाग) लिएर राजा भए
लगतै बाबुले चलाएको शासन चलाऊने आर्को कुकर्म गरे,
अर्थात एक पछी अर्को फासिको फ न्दा ठ्याक्कै आफ्नो घटिको नापमा बुन्दै गए।
गल्ती  गरे पछी माफि पाउने कार्य गर्नु पर्ने ठाउँ मा , जनता चिडाउने काम देखी केही गरेनन।
आखिरमा
बान्दरको पुछर लौरो न हतियार
बन्न पुगे।
किन चहियो हामी लाई तेस्ता राजा।
नत्र भने आर्को २ - ३ दसक सम्म राजा रह्न्थे होला।
अरु साथीले भन्नु भए झै
बिरेन्द्र भए नमरुन्जेल हामी राजा बनाइरह्न्थौ होला।


एक important  कुरा


प्रजान्त्रिक समाजमा जनता को मत बुज्नु आबस्यक थियो।
जनता के चाहेका छन भन्ने कुरा को मर्यदा भएन।
माओवादीको माग मा थप्पा लगाइ दिए।
संबिधान सभा को बहिस्कार गर्नु पछाडि पार्टी र आफ्नो सक्ती प्रदर्शन बाहेक केही छैन।
अन्ततोगत्वा यि राजा लाई हटाउनै पर्ने थियो
तर
जसरी
जुन अवस्थामा
माओवादीको चापमा
हुन्छ प्रशाद भएर
संबिधान सभाको मतदान सँगइ  राजा राख्नेकी न राख्ने
मतदान हुनु पर्थ्यो, यदी हामी प्रजातान्त्रिक पक्ष मा हिन्दै छौ अथवा हिंड्न चाहन्छौ।
माओवादीको करकापमा आएर
(जबकी यिनिहरुको नियती न् त बिगतमा नै राम्रो थियो र न् अहिले छ र नत भविस्वको लागि नै छ।)
ईनै माओवादीले देश लाई चाडैनै भारतीय बनाउदै छन।
राजा बस्नु र जानु भन्दा पनि जुन अवस्था मा हटाइदै छ त्यो एकद मै  गलत छ।

Read Full Discussion Thread for this article