Posted by: Rahuldai January 3, 2008
वाइ सि एल बिश्व निकेतनमा!
Login in to Rate this Post:     0       ?        

काठमाडौँ, (महानगर) । विश्व निकेतनका विद्यार्थी र प्रधानाध्यापकलाई वाईसीएलका कार्यकर्ताले हातपात र दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले आज बिहान त्रिपुरेश्वरका तीनतिरकै सडक अवरुद्ध तुल्याए ।

बिहान ९ बजेदेखि विद्यार्थीले सडकमा टायर बाल्नुका साथै समूह-समूह भई सडक अवरुद्ध तुल्याएका कारण ४० मिनेटसम्म सो क्षेत्रको यातायात ठप्प बनेको थियो । विद्यार्थीको प्रदर्शन, नाराबाजी र ढुङ्गा प्रहारले त्यहाँको स्थिति तनावग्रस्त थियो । प्रहरीको ठूलो समूहले बल प्रयोग गरी विद्यार्थीलाई लखेट्दै भगाएपछि सडक सुचारु बन्यो ।

विद्यार्थीले ९ बजेदेखि १० बजेसम्म सडक अवरुद्ध तुल्याउने बताए पनि प्रहरी हस्तक्षेपका कारण ९ः४० बजे नै सडक सुचारु बनेको थियो ।
प्राप्त विवरणअनुसार त्रिपुरेश्वरबाट गुसिङ्गालतर्फ जाने सडक निर्माणका लागि स्थानीय बासिन्दा एवम् वाईसीएलका कार्यकर्ताले विश्व निकेतन उच्चमाविको जग्गा अतिक्रमण गर्नुका साथै ट्वाइलेट भत्काएका छन् ।

विद्यालयका प्रधानाध्यापक र विद्यार्थीले सो घटनाको विरोध गरेपछि वाईसीएलका कार्यकर्ताले आज बिहान स्कुलमै आएर हातपात र दर्ुर्व्यवहार गरेपछि विद्यार्थी प्रदर्शनमा उत्रिएको विश्व निकेतनका छात्र सुनील श्रेष्ठले बिहान महानगरलाई बताए । आफूहरू वाइसीएलका कार्यकर्ता बताउने सो समूहले झन्डा नै लिएर स्कुलमा आई आतङ्क मच्चाएको श्रेष्ठले बताए ।

 

Read Full Discussion Thread for this article