Posted by: everything January 2, 2008
Madeshi Indian Revolt Terai Nepal ** Warning **
Login in to Rate this Post:     0       ?        

अझै सन्त्रासमै छ पूर्वी तर्राई "Madesh Revolt"

अशान्तिको दर्ीघकालीन हल हुने देखिन्न विशेष सुरक्षा कार्यदलको परिचालनबाट

भीम घिमिरे/विराटनगर

चन्दा आतङ्कबाट आत्तिएका उद्योग-व्यवसायी र कर्मचारीहरूको गुनासोपछि तर्राईमा सुरक्षा सक्रियता बढाएको सुरक्षा निकाय त्यतिबेला निकै दबाबमा पर्‍यो, जब पुस ६ गते ज्वाला सिंह समूहबाट काङग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाका जेठान किरण अर्यालको हत्या हुन पुग्यो  । सुनसरीको हरनिगरबाट विराटनगर र्फकंदै गर्दा कञ्चटमा गोली लागी किरण घटनास्थलमै मारएिका थिए भने स“गै रहेका उनका भाइ अशेष दाया“ हातमा चोट लागे पनि बच्न सफल भएका थिए ।

प्रधानमन्त्री गिरजिाप्रसाद कोइरालाका समेत नातेदार रहेका किरण मारएिपछि स्थानीय सुरक्षा निकाय दबाबमा आउनु अस्वाभाविक पनि थिएन । त्यो हत्याकाण्डपछि प्रहरीले सुनसरी र मोरङबाट १८ जनालाई पक्राउ गरेको दाबी त गरेको छ तर अनुसन्धान जारी रहेको बताउ“दै कसैको नाम पनि र्सार्वजनिक गरेको छैन ।

दर्ुइ भारतीय पनि

सरकारले तर्राईका लागि नया“ सुरक्षा रणनीति लागू गरेलगत्तै पर्ूर्वी क्षेत्रमा प्रहरीको सक्रियता बढेको छ । गत मङ्सिरयता हालसम्म पक्राउ परेका मधेसी टार्इगर्सका १५ र ज्वाला सिंह समूहका आधा दर्जन गरी करबि दर्ुइ दर्जनमाथि मोरङ प्रहरीले हातहतियार तथा खरखजाना मुद्दा चलाएको छ । तर, उग्र गतिविधि रोकिएको छैन । गत पुस १० गते प्रधानमन्त्री कोइराला गृहनगर विराटनगर आएकै मौका पारी स्थानीय कञ्चनबारीस्थित नोबेल मेडिकल कलेजको आकस्मिक कक्षमा बम विस्फोट भयो । धन्न, बम शक्तिशाली नभएका कारण काउन्टरका सिसा मात्र फुटे, ठूलो भौतिक वा मानवीय क्षति भने भएन ।

त्यसै दिन मधेसी मुक्ति मोर्चाका मोरङ सैन्य कमान्डर उमेश सिंह भनिने दिनेश साहस“गै एक भारतीय नागरकि विनोद यादव पक्राउ परे । उनीहरू दुवैलाई विराटनगरको भृकुटी चोकबाट पक्राउ गरएिको प्रहरीले बताएको छ । विराटनगर-१५ घर भएका दिनेशबाट दर्ुइ थान कटुवा पिस्तोल र दुइटा गोली भेटिए । उनीस“गै समातिएका विनोदचाहि“ भारतीय नागरकि रहेको खुल्न आएको छ । भारत, बिहारको अररयिा घर भई हाल मोरङ, बुधनगर-३ मा बस्दै आएका उनी ज्वाला समूहलाई हतियार आपर्ूर्ति गर्ने गिरोहको सदस्य भएको प्रहरीको दाबी छ ।

यसअघि मङ्सिर १२ गते विराटनगरकै त्रिमर्ूर्तिपथबाट समातिएका ज्वाला समूहका मोरङ इन्चार्ज रघुवंश मिश्र -राज/चन्दन) पनि भारतीय नागरकि रहेको प्रहरी स्रोत उल्लेख गर्छ । नक्कली नागरकिताको प्रमाणपत्र बनाई उनले छ वर्षेखि नेपाल विद्युत् प्राधिकरणको विराटनगर कार्यालयमा कम्प्युटर अपरेटरको अस्थायी जागिर खाइरहेको खुल्न आएको छ । प्राधिकरणमा जागिर खानुअघि उनले केही समय विराटनगरस्थित कलेज अफ सफ्टवेयर इन्जिनियरङि्मा पनि पढाएका थिए ।

रघुवंशको साथबाट नौ राउन्ड गोली जाने एउटा अमेरकिी पिस्तोल, तीनवटा म्यागजिन र त्यसमा प्रयोग हुने २१ थान गोली, मोबाइल सेट आदि बरामद भएको थियो । उनी विराटनगरमा रहेको एमाले पार्टर्ीीार्यालयलगायत आधा दर्जन ठाउ“मा भएका विभिन्न बम विस्फोटमा संलग्न रहेको प्रहरीको भनाइ छ । आफूलाई ज्वाला सिंह समूहको मोरङ इन्चार्ज बताउने रघुवंश भन्छन्, "तर, म यो समूहमा लागेको आठ महिना मात्रै भयो ।"

पछिल्ला दिनहरूमा समातिनेमा चाहि“ मधेसी टार्इगर्सका कार्यकर्ता बढी छन् । जस्तो कि, पुस १० गते विराटनगर-१, पोखरयिाको भट्टाचोकस्थित बस्तीबाट मधेसी टार्इगर्सका झापा-मोरङ-सुनसरी ब्युरो सचिव गगन सिंह उपनामका किशोर अटल समातिएका थिए । उनीस“गै डोमीराम चमार -जल्लाह सिंह), भरत चौधरी -विवेक/विजय), सुशीलकुमार साह -काउ), रञ्जित यादव -आरके), सुशील गुभाजुलगायतका कार्यकर्ता पनि पक्राउ परेका थिए । उनीहरूलाई रञ्जित यादवको घरमा बैठक गररिहेका बेला प्रहरीले समातेको हो । त्यसैदिन विराटनगरको विराट नर्सिङ्होम नजिकबाट टार्इगर्सकै दर्ुइ कार्यकर्ता विष्णुदेव यादव र हरेराम मण्डल पनि समातिए ।

आठ जिल्लामा विशेष सक्रियता

सरकारले तर्राईका आठ जिल्लालाई सुरक्षाका दृष्टिले संवेदनशील मान्दै मङ्सिर १५ गतेदेखि विशेष कार्यदल परचिालन गरेको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको यो विशेष टोलीले गाउ“-बस्तीमा र्सच अभियान चलाएर शङ्कास्पद व्यक्तिहरूमाथि निगरानी गररिहेको जनाएको छ । सशस्त्रका ३० र नेपाल प्रहरीका २० सुरक्षाकर्मीहरू रहेको हरेक टोलीको नेतृत्व सशस्त्र प्रहरीका नायब उपरीक्षकले गरेका छन् ।

प्रहरी सक्रियता बढाइएका जिल्लाहरूमा सप्तरी, सिराहा, धनुषा, र्सलाही, रौतहट, महोत्तरी, बारा र पर्सर्ााहेका छन् । हिंसात्मक गतिविधिबाट प्रभावित मोरङ र सुनसरी जिल्लामा चाहि“ यस्तो विशेष कार्यदल खटाइएको प्रकाशमा नआए पनि थोरै सदस्य रहेको एकाइले काम गररिहेको प्रहरीले जनाएको छ ।

"सुनसरी-मोरङमा चाहि“ अरू जिल्लामा जस्तो स्पेसल टास्कफोर्स खटाइएको छैन," मोरङका प्रहरी उपरीक्षक योगेन्द्रबहादुर कटुवाल भन्छन्, "तर, हिंसात्मक घटनाक्रम बढेमा यहा“ पनि विशेष कार्यदल परचिालन गरनिसक्छ ।"

एसपी कटुवालका अनुसार, सुनसरी-मोरङमा हाल सुरक्षा संयन्त्रको सानो जमातले टास्कफोर्सको काम गररिहेको छ । फोर्सका सदस्यहरूले विभिन्न कार्यालयका कर्मचारी, उद्योगी-व्यापारी र र्सवसाधारणलाई मोबाइल फोनमार्फ वा प्रत्यक्ष धम्क्याउ“दै चन्दा उठाउनेहरूको सूचना सङ्कलन गररिहेको छ । त्यस क्रममा केहीलाई समातेको पनि छ । कटुवालको अनुभवमा, "समातिएकाहरू प्रायः आपराधिक पृष्ठभूमिका छन् ।"

सीमापारकिा प्रहरीले आवश्यक सहयोग उपलब्ध गराएमा नेपाल प्रहरीले आपराधिक चलखेल रोक्न सक्ने उनको दाबी छ । विराटनगरको सीमापार िअररयिाको मीरगन्ज क्षेत्रमा हतियार किनबेच हुने गरेको सूचना आए पनि भारतीय सुरक्षाकर्मीको उल्लेख्य सहयोग नपाएका कारण कारबाही अगाडि बढाउन नसकेको गुनासो एसपी कटुवालले गरे ।

तर्राईमा विशेष सुरक्षा कार्यदल परचिालन गरएिपछि सप्तरीदेखि महोत्तरीसम्मका आठ जिल्लामा दिनहु“जसो हतियार बरामद हुने र हतियारधारीहरू पक्राउ पर्ने क्रम जारी छ । टोली परचिालनपछि सम्बन्धित जिल्लाहरूमा शान्ति सुरक्षाको अवस्था सुधारएिको प्रशासन-प्रहरीले दाबी गरेको छ । केही जिल्लाको पछिल्लो हालचालचाहि“ यस्तो छ ।

सप्तरी ः कार्यदल परचिालनपछि सप्तरीमा आपराधिक घटनामा कमी आएको सुरक्षा निकायले दाबी गरे तापनि यस्ता घटनाहरू पर्ूण्ातः रोकिएका छैनन् । पुस ११ गते अज्ञात समूहको गोली प्रहारबाट इटहरी, विसनपुर-४ मा भारतीय व्यापारी लाल महमद मारएिका छन् । भारत, बिहार मधुवनीका महमद लगानी असुलीका लागि मोटरसाइकलमा राजविराज जा“दै थिए । तीनवटा मोटरसाइकलमा आएका चार जनाले उनलाई पेट र छातीमा गोली हानेपछि घटनास्थलमै उनको मृत्यु भएको थियो । त्यसअघि पुस ४ गते ज्वाला सिंह समूहका कार्यकर्ताले कल्याणपुर-८ मा गजेन्द्र श्रेष्ठ र पशुपति श्रेष्ठको हत्या गरेका थिए ।

सप्तरी क्षेत्रमा सशस्त्र प्रहरीका नायब उपरीक्षक कृष्ण कोइरालाको नेतृत्वमा विशेष टोली परचिालित छ । बरमझियास्थित सशस्त्र प्रहरी बलको दन्तकाली गणका प्रमुख प्रल्हाद केसीका अनुसार, कार्यदल परचिालनपछि जिल्लाका विभिन्न क्ष्ँेत्रबाट शङ्कास्पद ३० जना पक्राउ परेका छन् । तिनका साथबाट एउटा १२ बोरको बन्दुक, तीनवटा कटुवा पिस्तोल, एउटा भरुवा बन्दुक र १० राउन्ड गोली बरामद भएको छ । उनीहरूले प्रयोग गर्ने सातवटा मोटरसाइकल पनि कब्जा गरएिको प्रहरीले बताएको छ ।

कार्यदलको सक्रियतास“गै आपराधिक घटनाहरूमा संलग्नहरू सीमापार िभारततिर भागेको गणपति केसीको भनाइ छ । उनी छिटफुट घटना नरोकिएको पनि स्वीकार गर्छन् । यस अवधिमा भएका अपहरणका तीन घटनामा भने अपहरति सबैलाई प्रहरीले मुक्त गराउन सफलता पाएको थियो । कार्यदल परचिालनपश्चात् गोइत नेतृत्वको जनतान्त्रिक तर्राई मुक्ति मोर्चाका 'जिल्ला सैन्य कमिसार' विवेकले पार्टर्ीीरत्ियागको घोषणा गरेका छन् भने मधेसी मुक्ति टार्इगर्सका १९ कार्यकर्ता आत्मर्समर्पणका लागि सर्म्पर्कमा आएको गणपति केसीले बताए ।

धनुषा ः यहा“ पनि आपराधिक क्रियाकलापमा संलग्न रह“दै आएका १३ जना पक्राउ परेका छन् । तिनका साथबाट दर्ुइ थान अत्याधुनिक हतियारसहित छवटा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ ।

केही दिनअघि जनकपुरमा 'माथवर मुखिया समूह' का नामले लुटपाटमा सक्रिय छ जना पनि पक्राउ परेका थिए । उनीहरूबाट अमेरकिी पिस्तोल र म्याग्जिन बरामद गरएिको प्रहरी नायब उपरीक्षक रूपसागर न्यौपानेले बताए । यस अवधिमा नगरमा आपराधिक गतिविधिमा उल्लेख्य कमी भएको प्रहरीको दाबी छ । तर, टोली नगरकेन्द्रित भएकाले गाउ“हरूमा डकैतीका घटना छिटफुट भइरहेका छन् । डा“काको गोलीले केही दिनअघि एक गाउ“लेको मृत्यु भएको थियो भने दर्ुइ जना घाइते भएका छन् ।

सिराहा ः कार्यदल परचिालनपछि प्रहरीले लहान र सिराहा नगरपालिकाका प्रवेशद्वारमा चेकपोस्ट खडा गरी निगरानी बढाएको छ । र, जिल्लाका विभिन्न गाउ“मा दैनिकजसो छापामारी, र्सच र गस्ती तीव्र पारेको सशस्त्र प्रहरी उपरीक्षक हरशिरण अधिकारीको भनाइ छ । त्यस क्रममा ज्वाला सिंह समूहका पा“च र अन्य पा“च जनालाई हतियारसहित पक्राउ गरएिको प्रहरीले जनाएको छ ।

स्थानीय नेताहरूले भने विशेष कार्यदलको कारबाही प्रभावकारी नभएको टिप्पणी गरेका छन् । सिराहा काङ्ग्रेस सभापति एवम् विधायक सीतादेवी यादव विशेष कार्यदल 'कामै नलाग्ने' भएको बताउ“छिन् । जनमोर्चा नेपालका सिराहा अध्यक्ष्ँ रामकुमार यादवले कार्यदल प्रभावकारी नभएकाले नै अपराधीहरूले प्रोत्साहन पाइरहेको बताए ।

प्रहरी उपरीक्ष्ँक मिङमा लामा कार्यदलको जनशक्ति तीन गुणा थप गरएिमा मात्र जिल्लामा पर्ूण्ारूपमा शान्तिसुरक्ष्ँँ कायम गर्न सकिने बताउ“छन् । त्यसका निम्ति माथिल्लो निकायमा अनुरोध गरसिकिएको उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीका विचारमा चाहि“ शान्ति सुरक्ष्ँा कायम गर्न साधनस्रँेत भए तापनि सही सूचनाको अभाव छ ।

र्सलाही ः कार्यदल परचिालनपछि यहा“ चोरी, डकैती, सवारी लुटपाट, अपहरणजस्ता गतिविधि कम भएका छैनन् । प्रहरीले कम्तीमा आठ थान बन्दुकसहित दर्ुइ दर्जनलाई पक्राउ गरेको छ । प्रमुख जिल्ला अधिकारी सीताराम पोखरेलले कार्यदल परचिालनपछि सुरक्षा व्यवस्थामा धेरै सुधार भएको प्रतिक्रिया स्थानीयवासीबाट आएको दाबी गरे ।

जनतालाई दुःख नदिई विश्वासमा लिएर काम गर्न सके अपराध धेरै हदसम्म रोकिने प्रजिअ पोखरेलको बुझाइ छ । प्रहरी उपरीक्षक गणेश केसी पनि कार्यदल परचिालनपछि अपराध घटेको दाबी गर्छन् । तर, कार्यदलले छापा मारेका ठाउ“का बासिन्दाले रातको समयमा आफूहरूलाई अनावश्यक दुःख दिने गरएिको गुनासोसमेत गरेका छन् ।

रौतहट ः केही समययता ज्वाला सिंह र गोइत समूहका भूमिगत गतिविधि कम भएको सशस्त्र प्रहरीका उपरीक्षक रामकृष्ण लामा दाबी गर्छन् । दिनहु“जसो डकैती र लुटका घटना हुने गरेको जिल्लामा कार्यदल परचिालन गरएिपछि त्यसमा नियन्त्रण आएको उनको भनाइ छ । विशेष कार्यदलले केही समयअघि ब्रह्मपुरी गाविसका बबन सिंहको घरबाट १२ थान गोलीसहित एउटा बन्दुक बरामद गरेको थियो । स्मरण रहोस्, बबन गत भदौ १६ गते काठमाडौ“मा भएको बमकाण्डका मुख्य आरोपितमध्येका हुन् ।

महोत्तरी ः अन्य जिल्लामा प्रायः तर्राई मूलका व्रि्रोहीहरू समातिए पनि महोत्तरीमा भने पहाडी समुदायका पनि पक्राउ परेका छन् । विशेष कार्यदलले मङ्सिर २० गते रामनगर-१ का प्रकाश गर्ुमछाने, राकेश लुङ्गेली, कविरमान राना, दानबहादुर समाल मगर, शङ्कर लुङ्गेलीलाई हतियारसहित पक्राउ गरेको थियो । तिनका साथबाट एक-एकवटा भरुवा बन्दुक र कटुवा पिस्तोल, केही गोली र बारुद, दुइटा मोटरसाइकल, मोबाइलसमेत बरामद भएको जिल्ला प्रहरीले जनाएको छ । त्यसबाहेक अन्य विभिन्न व्यक्तिहरू पनि हातहतियारसहित पक्राउ परेका छन् । महोत्तरीका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले कार्यदल परचिालनपछि जिल्लामा आपराधिक गतिविधिमा कमी आएको ठोकुवा नै गरे ।

तर्राईमा बढ्दो चन्दा, अपहरण र व्रि्रोही गतिविधि निस्तेज पार्न सरकारले सुरक्षा निकायको सक्रियता बढाए पनि हत्या-हिंसाको शृङ्खला रोकिएको छैन । तर्राईको अस्थिरता र व्रि्रोहस“ग जोडिएका सामाजिक-आर्थिक-राजनीतिक पाटोहरूलाई बेवास्ता गरी सुरक्षा कारबाहीमा मात्र जोड दि“दा समस्या झन् जेलिन सक्नेतर्फकाठमाडौ“ले पर्याप्त ध्यान नपुर्‍याएको पनि देखिन्छ ।

जितेन्द्र खड्गा/सप्तरी, श्यामसुन्दर शशि/धनुषा, अमन कोइराला/र्सलाही, शिव पुरी/रौतहट र रवीन्द्र उप्रेती/महोत्तरीको सहयोगमा

Read Full Discussion Thread for this article