Posted by: Deep January 2, 2008
रेखामा नभएकी रेखा
Login in to Rate this Post:     0       ?        

जिम्माल,

त्यो सोर्हखुट्टेको ओरालो को त कुरै नगरम -- हेरी त्यो गैरीधाराँ घ्याम्पे रोटी के  नान त्यो बेच्ने ठाम नेर बसीराथें एक दिन छ्याक पुरानो थोत्रो बाउको एटलस साईकलाँ सररर आयो (त्यो माथि पुरानो थोत्रो बिशेषण साईकलका हुन है फेरी)-- मलाई देख्ना साथ टिबीको बान (साईकल क्या त -- उकालाँ स्याँ स्याँ हुँदा त टिबी नै लाग्ला जस्तो हुनी) रोकेर "हिन" भन्यो म उसैलाई कुरेर बसीरा जस्तो। "काँ?" भन्या "बालजु" भन्यो। "के खान जानी बालाजु सम्म?" भन्या "खानलाई त यहीँ आउने हो त्यो घ्याम्पे रोटी" भन्यो। लौ त भनेर बसें डण्डीमा। अब क्यार्नी त क्यारिअर थिएन पछाडी।

टुकुचा सम्म त सरर गैइयो -- अनि त्यो धोबीहरुको कार्यक्षेत्र नाघेसी ओर्ली भन्यो र टिबीको बान घिच्च्याईयो। उकालो सकिएसी फेरी सरर -- खुट्टो निदाएर बेला बेला चप्पल पनि हेर्नै पर्यो। लाजिम्पाट किंग्सवे बाटाँ देब्रे मिस्सेर लैनचौर तिर दाइने मोडीएसी शान्ती बिद्यागृह-रातो फरक कन्या स्कुल दायाँ होटल मल्ल अमृत बायाँ गर्दै सर्सोती क्याम्प्स नाघ्ना साथ यसो दायाँ मोडीएर त्यो सोर्हखुट्टेको ओरालाँ हेलीएसी साईकल थाम्न छ्याकलाई मुस्किल पर्दैथ्यो -- ब्रेक सप्पै च्याप्या थ्यो तर साईकल त झन झन् छिटो जान खोज्या देखेर म तर्सीदैं थे फुत्त रबर उछीट्टेको देखेँ -- अगाडीको चक्काको ब्रेकले धर्म छाडेको रेछ। छ्याक आत्तियो। अन्त साईकल  त --- अरु त के भनाई भो र यसै जिउ दुख्छ सम्झिदा पनि।

 

Read Full Discussion Thread for this article