Posted by: PandaG January 2, 2008
मुन्तरी यादव के हो एस्तो??
Login in to Rate this Post:     0       ?        

हैन के हुँदैछ हो देशमा!


आज फेरी सन्काहा मन्त्री मातृका यादवले शपथ ग्रहण गर्न मानेनछन, प्रचन्डले के भनेर थाम थुम पारेछन कुन्नी फेरी पछी नेपाली र मैथिली भाषा गरेर दुई भाषामा शपथ खाएछन । यिनलाई मानसिक सन्तुलन घट्बढ भएर Bangkok जानु परेको थियो रे अनी फिर्ता आएपछी केही समय आराम गर्दा पनि खोइ बेला बेलामा तल माथि पर्दोरैछ र राजिनामा दिएर बसेक थिए रे। कसैले त यिनको मनसिक सन्तुलन नै बिग्रेको सम्म भनेका थिए। (अस्ती एउटी माओवादी नेत्री लाई भेटेको थिए, ठुलै नेत्री हुन, उनले कुरा गर्दा उनको कुरा र हाउ भाउ बाट प्रस्ट उनमा त्यो युद्धको बेलाको प्रत्यक्ष्य psychological effect (नेतालाई मानसिक असर भन्न अली डर लग्यो!) देखिन्थ्यो । त्यसैले मानसिक असर् को theory विश्वाश लाग्यो।)

ति मानसिक उतर च् ढाव भएका महापुरुष मन्त्रीले फेरी सपथ नेपालीमा रहेछ खान्न भन्दै फर्केछन। सपथ नेपालीमा हुन्छ भन्ने कुरा दोस्रो पटक सपथ ग्रहण गर्न जान लागेका मुन्तरीले कसरी बिर्सेंका होलान। नेपालीमा खान मन नलागेको भये पहिले नै खबर गरेर भन्नु पर्छ अर्को भाषामा तयार गर नत्र मन्त्री नबनाउ भनेर होइन भने चिची पनि पापा पनि आँफैले कुम्ल्याउने अनी दुनियाँलाई बेकुफ बनाउने??

हुन त मानसिक उतार च् ढाव भएको मान्छेले बिचरा त्यो भिडमा छिरेपछी बल्ल थाहा पाए होलान लौ बित्यास, म त मन्त्री पो भएछु, सपथ ख्वाउन लागिसकेछन, भयन.....भएन , अनी उतारमा भाको होकी च् ढावमा भाको मनले निर्देशन् दिहाल्यो, .......ए......... लौ मात्रिके एक्सन............ ! अनी त शुरु भईहालेछन !

यस्ता खोचे थाप्ने लाई मन्त्री त के सांसद पनि बनाउन नहुने अनी आफ्नो धरातलमा पुगेपछी महसुस हुन्थ्यो होला, "और भि है गम दुनियाँमे मन्त्री के सिवा"!

होइन कि मेरो बुझाई पो गलत भयो कि! अब देखी सबै मन्त्रीलाई जे मन लाग्छ तेही भाषामा सपथ लेउ भन्नु पर्ने पो हो त।

के हो मात्रृ भाषा, कुन हो राष्ट्र भाषा !!! भारतीय दुताबासमा र भारतीय नेतासँग मातृका देखी खपाङी सम्मले हिन्दीमा कुरा गर्छन्, कुरो त यहाँ निर्धोपन को हो । जाबो नामर्द नेपाली भाषा लाई किन मन् पराउनु पर्‍यो, किन चाहियो यो नामर्द भाषा??

कसौटी जिन्दगीकी, Indian Idol , सास बहु, के के हुन सबै सबै सिरियल हिन्दीमा आउछ भने किन चाहियो नेपाली राष्ट्र भाषा ? आमा, बा, दाई, भात, पानी भन्न लाई मात्रृ भाषा नै काफी छ नि!
Read Full Discussion Thread for this article