![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
"ए लौ न न्वारन नगरिकन मरिन भने अगती पर्छ , छिटो पन्डित बोलाउन पठाउ , एक्कासी ठुलो आवाज आएर १० दिन को बच्चा नराम्रो सँग झस्किन्छ अनि रुन सुरु गर्छ। उनी १० दिन कि सुत्केरी , कती निरिह भने काख को बच्चा भोको छ , ख्वाउन सक्दिनन्। अघिल्लो दिन अफ्नो देउरानी सँग बिन्ती गरेकी थीइन उनिले, " मेरो कृष्ण भगवान जस्तो छोरो छ , म त मर्छु तर यो बच्चा , के गरौ , बहिनी , राम्ररी पाल है" २ जाना बर्बर आँसु खसालेर रोइ रहन्छन , सानो अबोध बच्चा निन्द्रा मा हसिदिन्छ , खिसिक्क।
यो संसार को रित जन्मने अवस्य मर्छ र मर्ने जन्मन्छ।। त्यो दिन् उन्को अन्तिम् दिन थियो , रातो मातो ले लिपेको आँगन पनि कति नराम्रो, हर्हर् औने तुलसि को बास्ना कति नमिठो मिर्तु शय्या मा पुग्नु अघि बच्चा को न्वारन हुन्छ र नाम क बत जुर्छ, उस्को न्वारन् को नाम पन्डित ले क्रिश्न राखेपनि सबै ले उस्लै काले भनेर बोलाउछन्, दुध् जस्तो सेतो बच्चा लाइ। एक नजर छोरा लाइ हेरि आमा सदाको लागि बिदा हुन्छिन् यो संसार बाट "आयो, टप्प टिप्यो मिति पुग्यो, टारेर टर्दैन त्यो"
क्रमश: