Posted by: gwanche December 31, 2007
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

नयाँ बर्षको बेलामा एउटा गन्थन पेस्ट्याउने ध्रिस्ट्ता गर्दैछु, भूलचुक माफ पाम!


त्यो नयाँ बर्ष!
 

'भोलि त नयाँ बर्ष,  के छ तिमीहरुको प्लान?'  प्रोग्राम सिद्धयाएर बाहिर निस्कदै आस्थाले  सोधि।

'खासै केहि छैंन, घरमैं मनाउने न्यू यियर, भोली त मेरो पनि छुट्टी छ, छोरा र बुढासंग दिउसो जू जाने अनि राती परिवार संगै बसेर मनाउने, अनि तिमीहरुको के छ नि भोलीको प्लान?' मैले मेरो भोलिको कार्यक्रम बताए।
 
'हामीहरू त आज पोखरा जाने अनि  न्यू यियर इभ र न्यू यियर उतै मनाउने'  आस्थाले आफ्नो कार्यक्रम बताइन।
 
'हो र ? तिमिहरू कै मस्ती छ, अँ साँच्ची भोली त मन्डे  तिम्रो प्रोग्राम छ हैन आफ्टरनूनमा?' मैले सोधे।

' छ, तर भोली मैले छुट्टी लिएको, केशबले गरिदिन्छू भनेको छ भोलिको प्रोग्राम ।'   आस्थाले बताइन।
 
छ महिना मात्रै भयो आस्थाले हाम्रो एफ एम ज्वाइन गरेको तर कति चाँडै सबैसँग घुलमिल भइसकिन। उमेरमा म भन्दा सानि भए पनि मेरो राम्रो साथि  भइसकेकि छिन। रमाइलो खुब गर्नु पर्छ आस्थालाइ, पार्टीइङ भने पछि हुरुक्क! नयाँ बर्ष मनाउन पोखरा जान लागेका रहेछन, किन नजाउन त, भरखरै दुइ महिना पहिले  त बिहे भएको छ, बर्षौं लामो अफेयर पछि।
 
'तिमिहरु त पोहोर साल पनि पोखरा गएका हैनौ, न्यु यियर मनाउन, हरेक बर्ष पोखरा नै जाने रेजोलुसन बनाएका छौ कि क्या हो?' मैले जिस्क्याउँदै सोधे।

'हैन त्यस्तो त केइ होइन तर मलाई पोखरा असाध्यै मन पर्छ, मिल्यो भने त हरेक बर्ष हैन कि हरेक बर्षमा धेरै चोटि पोखरा जान चाहन्छु। पोखरा  ठाउँ पनि नै त्यस्तै  छ, सुन्दर, सौम्य, रोमान्टिक, जतिचोटि गए पनि फेरि जाउँ जाउँ लागिरहने, कहिल्यै धित नमर्ने !  तिमी पनि एक चोटि पोखरा गएर हेर न, पोखराले तिमीलाई पनि पक्कै मोहनि लगाउँछ। तिमी अहिलेसम्म पोखरा नगएको हुनाले तिमीलाई त्यस्तो लागेको होला।' आस्थाले पोखराको बयान  गर्दै भनि, 'अँ साच्ची भोली त तिम्रो बर्थ डे पनि हैन, टु इन वान विस है मेरो तर्फबाट, ह्याप्पी न्यु यियर अनी ह्याप्पी बर्थ डे ! पार्टी चाइ अर्को हफ्ता खानु पर्ला!'

'थ्यान्क्स, तिमीलाई पनि नयाँ बर्षको शुभ कामना!'
 
आस्था मलाई पनि पोखरा भ्रमण गर्ने सल्लाह दिएर न्यु यियर मनाउन पोखरा जाँदैछे तर के साँच्ची मैले पोखरा देखेकी छुइन ?!  होइन, पोखरा म पनि गएकी छु, पोखरा मैले पनि देखेकी छु, फोटो र पोस्टरमा मात्र हैन पोखरामा मैले पनि पाइला टेकेकी छु ।  एउटा अचम्मको संयोग थियो त्यो, परीलोकको कथा जस्तै।
 
किन, कसरी र कहाँ, पहिलो पल्ट अभि मेरो साथी भयो, ठ्याक्कै सम्झिन सक्दिन तर अभिको साथ रमाइलो लाग्थ्यो। हामि एउटै क्लासमा पढ्थ्यौ, पहिलो बर्षसम्म हामी हेलो - हाइ फ्रेन्ड मात्र थियौं तर कुनै दिन हामी बेस्ट फ्रेन्ड भईसकेका रहेछौं, थाहै भएन। अचानक भन्दा पनि क्रमिक रुपमा हाम्रो मित्रता गहन हुँदै गएको हुनाले माथि मैले किन कहाँ र कसरी भन्ने कुरा ठ्याक्कै थाहा छैन भनेर लेखेको।

मैले चिनेको अथवा भनौ नजिक बाट चिनेको मान्छेहरु मध्यै अभि सबैभन्दा फरक थियो, अन्प्रेडेक्टिबल, फुल अफ सर्प्राइजेज र एकदम पागल। यस्तै कुनै बर्षको अन्तिम दिनहरु मध्यै एकदिन अभिले फोन गर्‍यो, कलेजमा जाडोको बिदा सुरु भएको दुई तीन दिन मात्रै भएको थियो।

'तिमी मलाई एउटा गिफ्ट दिन्छौ, नयाँ बर्षमा?' अभिले सोध्यो।

'के भनन?' मैले प्रतिप्रश्न गरें।

'पहिला दिन्छु भन अनि मात्र भन्छु।' अभिले आफ्नो परिचित शैलिमा भन्यो।

'ओ के, दिन्छु।' अभिलाई केही कुरा पनि नाइँ भन्नु मेरो बसको कुरा होइन।

'के तिमी न्यू यियरको दिनमा मलाई केही घण्टा समय दिन्छौ ?' अभिले आफ्नो गिफ्ट माग्यो।
 
'हुन्छ, हामी नयाँ बर्षको पहिलो दिन सँगै मनाउँला, बरु कहाँ कती बजे भेट्ने?' मैले सोधें।
 
 हुन त नेपाली क्यालेन्डर अनुसार मेरो जन्मदिन अर्कै दिन परें पनि ईंग्लिश क्ल्यालेन्डर अनुसार नयाँ बर्षको पहिलो दिन मै पर्छ र त्यही दिन म बिहानै मन्दिर गएर पूजा गर्छु र बेलुका घरमा पनि सानो पारिवारिक जमघट हुन्छ। दिउसो खासै केही काम हुँदैन, बाबा, मामु र दादाको पनि अफिस हुन्छ, मेरो कलेज छुट्टी हुनाले घरमा एक्लै बस्नु पर्ने भएको हुनाले अभिलाई 'हुन्छ हामी केही घण्टा सँगै बिताउँला' भन्नु कुनै ठुलो कुरा थिएन।
 
म तिमीलाई आठ बजे पिक गर्छु, सधैंको ठाउँबाट' अभिले भन्यो।

'आठ बजे, अली चाँडो हुँदैन र?' मैले सोधे।

'आठ बजे नै भेट्ने नि प्लिज' अभिले कर गर्‍यो।

'हुन्छ, म ठीक आठ बजे तिमीलाई त्यहाँ भेट्छु' मैले भने।
 
अभिले किन आठ बजे नै भनेको होला, कहाँ जाने होला, घर फर्किंदा कति बज्छ होला  ....................... ???!!!! अनेक प्रस्नहरु मनमा खेलिरहे। अभिलाइ मैले सोधे पनि उसले बताउँदैन भन्ने थाहा छ मलाइ, अभिको एउटा अर्को सर्प्राइज ! जे होस मलाइ यति थाहा छ यो दिन मेरोलागि एउटा अबिस्मरिणिय दिन हुनेछ, किनकि मैले 'चिनेको' अभिले आफुले गिफ्ट मागेको निहुँमा मलाइ केहि बिसेश उपहार दिन चाहन्छ, नया बर्षको !

बिहान ठीक आठ बजे अभि आइपुग्यो, आफ्नो त्यही पुरानी कालो आर एक्स मा।

'हाइ अभि, ह्याप्पी न्यू यियर !' मैले विस गरें।

'हाइsss, विस यु द सेम, ह्याप्पी न्यू यियर' अभिले पनि विस गर्‍यो। मेरो आज बर्थ डे भन्ने अभिलाई थाहा रहेनछ नत्र विस गरिहाल्थ्यो नि।  आफ्नो जन्मदिनको बारेमा आँफै कसरी बताउनु।

'अभि हामी कहाँ जाने यति बिहानै, अनि कतिबेला फर्किने?' मैले आफ्नो जिज्ञासा राखें।

'हामी कहाँ जाने भन्ने कुरा एकैछिनमा थाहा हुन्छ अनि हामी फर्किंदा चार जति बज्छ।' अभिले भन्यो।

चार बजे सम्म फर्किन मलाई कुनै समस्या थिएन, घरमा बाबा - मामुहरु अफिसबाट फर्किंदा छ बज्छ अनि फेरि मैले दिउँसो साथीहरुसँग प्रोग्राम छ भनेर आएकि हुनाले अलि ढिलो भए पनि केही फरक पर्ने थिएन।

बानेश्वर, मिनभवन, तीनकुने हुँदै एअरपोर्ट पुग्यौं।

'अभि एअरपोर्टमा किन नि, एअरपोर्टको क्यान्टिनमा न्यू यियर मनाउने प्रोग्राम हो कि क्या हो?' मैले अचम्म मान्दै सोधें।

'होइन, हामी पोखरामा न्यू यियर मनाउने !' अभिले भन्यो।

'पोखराsssssss !!!??? अभि, हामी घरमा नबताइ कसरी पोखरा जान सक्छौ ? फेरी तिमीले त चार बजे सम्म घर फर्किहालिन्छ भनेको हैन? मलाई छ बजे सम्म त जसरी पनि घर पुगिसक्नुपर्छ।' मैले एकैचोटि सबै प्रश्नहरु बर्षाएँ।

'वेल, हामी अहिले नाइन थर्टीको फ्लाइटबाट पोखरा जाने अनि त्यहाँबाट तीन बजेको फ्लाइटमा फिर्ता आउने।' अभिले आफ्नो प्लान बतायो।

'इज इट पोसिबल अभि, तीन बजे फिर्ता आउन सकिन्छ?' मैले फेरि मेरो जिज्ञासा राखें।

'किन नसकिनु, काठमाडौंबाट पोखराको लागि र पोखराबाट काठमाडौंको लागि हरेक घण्टामा एउटा एउटा  फ्लाइट छ,  मैले रिटर्न टिकट पनि लिइसकेको छु। तिमीलाई चार बजे सम्म घर पुर्‍याउने जिम्मा मेरो।' अभिले भन्यो।

पोखरा जान आउन यस्तो सजिलो छ भन्ने मलाई थाहै थिएन। हुन पनि म काठमाडौंबाट दुई तीन चोटि मात्रै बाहिर गएकि छु, त्यो पनि हेटौंडासम्म। पोखराको बारेमा धेरै सुनेको तर अहिले सम्म नगएकि हुनाले पोखरा जाने भन्दा रोमान्चित हुनु स्वाभाबिक नै हो र फेरि अभिलाई मैले विश्वाश नगर्ने भन्ने कुरा पनि छैन आखिर उ मेरो बेस्ट फ्रेन्ड हो !

पहिलोपल्ट प्लेनमा चढेको, रमाइलो लाग्यो अझ अभि पनि सँगै भएको हुनाले पहिलो उडान रोमान्चक रह्यो। आधा घण्टा जति मै पोखरा पुगिने रहेछ। पोखरामा उत्रेर ट्याक्सी लिएर हामी लेक साइड गयौं। अभि  पहिला पनि पोखरा आएको हुनाले उसलाई पोखराको बारेमा सबै थाहा रहेछ। डुंगा चढेर मन्दिरमा गयौं। हरेक बर्ष जन्मदिनमा बिहानै मन्दिर जाने गरेको भए पनि बिहानै अभिलाई भेट्नु पर्ने भएको हुनाले आज मन्दिर जान पाइएको थिएन तर अचम्म अभिले मलाई मन्दिर मै पुर्‍याइ दियो।

बाराही मन्दिरमा पूजा गरिसके पछि अभिले मलाई एउटा सुन्दर कार्ड दियो, जन्मदिनको शुभ कामना कार्ड र साथमा  सुन्दर इयर रिङ्गको सेट। अर्को सर्प्राइज, अभिलाई मेरो जन्मदिन थाहा रहेछ, साँच्ची कति अन्प्रेडिक्टिबल छ, अभि !

हामीले लेक साइड कै एउटा रुफटप रेस्टुराँमा केही समय बितायौ, पोखरा, फेवा ताल र माछापुछ्रेको सौन्दर्यमा डुब्दै।

'अभि अहिले काठमाडौं फर्किने फ्लाइट क्यान्सिल भयो भने के गर्ने?' मैले अचानक अप्रसाङ्गिक जिज्ञासा राखें।

'आज हामी यहीं बस्ने अनि भोलिको फ्लाइट बाट फर्किने।' अभिले भन्यो।


'आज यही बस्ने रे ? हुँदैन, आज जसरी पनि काठमाडौं फर्किनु पर्छ।' मैले भने।

'किन म माथि विश्वास छैन?'  अभिले सोध्यो।

'तिमी माथि त पूरा विश्वास छ तर आँफै माथि विश्वास छैन।'  अभिले मैले भनेको कुरा बुझ्यो कि बुझेन तर मैले साँचो कुरा बताइ दिए।

' म त जोक मात्रै गरिराखेको, आज मौसम राम्रो छ अनी फ्लाइट क्यान्सिल हुँदैन भन्ने कुरा कन्फर्म गरेर मात्रै मैले टिकट किनेको।  इन केस तीन बजेको फ्लाइट क्यान्सिल भए पनि काठमाडौंको लागि लास्ट फ्लाइट चार बजे छ, हामी त्यो लिन सक्छौ।' अभिले आफुले बनाएको फूल प्रुफ प्रोग्रामको बारेमा बिस्तारमा बतायो।

काठमाडौं फिर्ती यात्रा पनि असाध्यै रोमान्चक रह्यो, पहिलोपल्ट प्लेन यात्रा त्यो पनि मलाई सबैभन्दा मनपर्ने साथीको हात समाएर ! अभिसँग पहिलोपल्ट पुरै दिन, त्यो पनि नेपाल कै सबैभन्दा सुन्दर, सौम्य र रोमान्टिक शहरमा ! अभिले मलाई सवा चार बजेतिर मेरो घर नजिकैको चोकमा ड्रप गरिदियो।

त्यो दिन मेरो जीवन कै सबैभन्दा अचम्मको दिन थियो। न त म कसैलाई मेरो यात्रा ब्रितान्त सुनाउन सक्छु न त कसैसँग त्यो दिनको अनुभव बाँड्न सक्छु। जे होस्, त्यो दिन मैले अहिलेसम्म नयाँ बर्ष र जन्मदिनमा पाएको गिफ्टहरु मध्यै सबैभन्दा प्रेसियस गिफ्ट थियो, आफुले गिफ्ट मागेको निहुँमा मेरो 'साँच्चिकै पागल' साथीले मलाई दिएको।  त्यही दिनको सम्झनाले मेरो हरेक नयाँ बर्ष र जन्म दिन बिशेष बनाइदिन्छ, थ्यान्क्स अभि!

 'म्याडम प्रोग्रामको टाइम भयो, सबै कुरा रेडी छ।'

टेक्निसियन भाईले प्रोग्राम सुरु गर्ने टाइम भएको जनाउ दिंदा त्यो अलौकिक दिनको सम्झनाबाट बर्तमानमा आइपुगियो। भोलि नयाँ बर्ष भएको हुनाले आजको प्रोग्राम पनि नयाँ बर्ष बिशेष कार्यक्रम हुनेछ र प्रोग्राममा कुनै न कुनै बेला म त्यो गीत पनि बजाउने छु, जुन गीत 'त्यो दिन' पनि बजिरहेको थियो, पोखराको त्यो रेस्टुराँमा र संयोगबस त्यो गीत अभिको फेभरेट गीत थियो,..... I'd love you to want me...........! 

Last edited: 01-Jan-08 08:35 AM
Read Full Discussion Thread for this article