Posted by: gwanche December 31, 2007
~~ चौतारी -- २००८ ~~
Login in to Rate this Post:     0       ?        

चौतरि नयाँ बर्ख अँकमा सलाम!


चौतरि भेला  असाध्यै सफल भएको थाहा पाउँदा खुसि लाग्यो र आफु त्यहाँ नभए पनि सहभागीहरुको  भेला ब्रितान्त सुनेर आफु पनि त्यही भएको जस्तो महसुस भयो। चौतारी भेलाको बेलामा सहभागी मध्यै कसैको फुन बजाम्ला भन्ने पिलान थ्यो तर त्यै बेलामा यता उती लन्ठङ मन्ठङमा अल्झिएर फुन बजाम्न सकिएन। अर्को पल्ट कुनै नै कुनै बेला चौतारी भेलामा सभागी हुन पाइने नै छ भन्ने आसा छ।


नयाँ चौतारी बनाएकोमा साथी चित्रेलाई फेरी पनि साधुबाद छ, सोचेको पुगोस।


हाम्रो गाम्मा त नयाँ बर्खले आफ्नो आभा फैलाइसकेको हुनाले चौतारीका सबै आत्मिय साथीहरुलाई नयाँ बर्ख सन २००८ को मंगलमय शुभ कामना! यो बर्ष हाम्रो सम्बन्ध अझ गाढा होस्, यसरी नै सुख दु:ख बाँड्न पाइयोस!

Read Full Discussion Thread for this article