Posted by: sun_shine December 31, 2007
हिजो राती .......
Login in to Rate this Post:     0       ?        

हिजो राती .......
...... मन एक्कासी भारी भएर आयो
छाती एक्कासी चस्कीन थाल्यो,
खोई  किन हो,
म, म हुनै सकिन 
आफंतंलाई आफ्नो भन्नै सकिन


दोषारोपन गरेऊ मलाई
लान्छना पनि त लगायेऊ
छोडी मलाई एतै कतै
आफ्नै संसारमा तिमि हरायेऊ


तिम्रो घाऊले मलाई नदुखाएको होइन
तिम्रो पिंडाले मलाई नसताएको पनि होइन
तर, खै किन हो
म, म हुनै सकिन
हजूरलाई आफ्नो भन्नै सकिन


परिवर्तन ल्यायो ममा
बिगतका केही दिनहरूले
जिस्काए झै लाग्यो मलाई, गिज्यायेझै लाग्यो मलाई
आफ्नो अन्धो समर्पणले


तिम्रो अन्गालोमा बांधीई, जाडो छेल्न मन नलाग्या पनि होइन
तिम्रो हात समाई संगसंगै, नया बर्षलाई स्वागत गर्न मन नलाग्या पनि होइन
तर खै कुन्नी , किन हो
म, म हुनै सकिन
तिम्रो सामु मनको कुरा खोल्नै सकिन


अब त गुनासो गर्नुको अर्थनै रहेन
समयले एक छिन पनि कुर्नै मानेन
त्यों पल त्यों घड़ी अब फेरी फर्की आउने छैन
तिम्रो शहर तिम्रो आँगन म फेरी धाउने छैन


तिमी मनाउनु नया बषॅ
हासी खेली आफंतहरुको माझमा
म बाडौला मेरो खुसी
मेरो एक्लोपना  संग
खुसी हुनु सुखी रहनु
येही छ मेरो कामना
नया बषॅको येही छ शुभकामना
धेरै धेरै शुभकामना

Read Full Discussion Thread for this article