Posted by: dipika02 December 31, 2007
पुजा को पूजा
Login in to Rate this Post:     0       ?        

"दिपिका", "दिपिका"--पुजा आँगनमा उभिएर सास नफेरि चिच्याउन थालि। तेस्को बानि नै थ्यो कुरा चैं केहि नहुने आवज नै ठुलो। माथि आएर सानु स्वोरमा बोलाए त हुन्छ नि, त्यैँ आँगनबाट कराउनु पर्थ्यो। अब त टोलमा नचिनेकाहरुले पनि थाहा पाइसकेका थे त्यो घरको छोरी को नाम "दिपिका" भनेर। त्यो र म बच्चा देखिको मिल्ने साथिथ्यौं । चुल्बुलि,केहि कुराको चिन्ता नलिने र नसोचिकन प्याच्च बोल्ने बानि भएकि थि ऊ र उस्को सोँचाइमा जिन्दगी भनेकै मोज मस्ति तेसैले न पढाइको पिरथ्यो न परिवारको चिन्ता। आफु तेस्तो भएपनि साथि चैँ असल थि। मनको सफा र परेको खण्डमा जे गर्न पनि तयार र उस्को तेहि बानि मलाइ मन पर्थ्यो।
"किन मर्न आँटेकी? माथि आ न"--बरन्डामा निस्केर रिसाउदै भने। भित्रबाट आमाको स्वोर सुनियो--"त्यो पुजालाइ त्यसरि नकराउ भनत, मान्छे नै तर्सिने गरेर के-के न भ को जसरि"। उस्ले हातको इशाराले मलाइ तल बोलाइ मैले पनि इशाराले नै पख् भनेर तल ओर्लियँ। नजिकै पुगेपछी उस्ले भनि--"सुन्न म सुन्दरीजल जान लागेको आमालाई त काँ जान्छु भनेको छु है"। "को सँग जान आटिस् अहिले सुन्दरीजल?"--आत्तिएर सोधेँ। "तैले चिनेको छैनस्, मैले चिनेको त तिन दिन मात्रै भो"--अज फुर्ति साथ भन्छे। "सक्दिन म तेरो आमालाइ ढाट्न, अब त अत्ति नै गर्न थालिस्, तिन दिन भेटेको मन्छे सँग सुन्दरीजल सम्म पुग्ने कत्रो आँट बडेको तेरो"--कुनै डर् भर् नभएको तेस्तो कुरा सुनेर म पनि झनक्क भएँ। उ मलाइ फकाउन थालि यो पालि मात्रै हो अनि म जान्न ३ बजे भित्र फर्किन्छु भनेर। उ जान भनेर ठिक्क परिसकेकि थि आखिर मैले रोकेर त्यो के रोकिन्थि? "अनि खोइ त त्यो केटा"--उ एक्लै देखेर सोधेँ। " डेंडेदाईको पसलमा कुरेर बसिराछ, हिंड तलाइ भेटाउछु"--मेरो हात समातेर तान्न थालि। उस्का प्रेमिहरु भेट्दा भेट्दा मै हैरान् भैसकेको थें। अरु भन्दा नि उ त एक दुइ महिना घुमेर छोडिदिन्थि, ति भुतकालका प्रेमिहरु मलाइ पो देख्न नहुने तिम्रो साथिले यस्तो गरी र उस्तो गरी भन्दै कत्तिन मैले नै जा त्यो संग घुम भनेको जसरी। खाइ न पाइ छाला टोपि लाइ चैं मलाइ हुने जहिले। फेरि उता टोलका दाइहरुले देख्लान् भन्ने डर उसैत त्यो पुजाको सँगत कसैलाई मन नपर्ने। "जान्न म यस्तो ताल मा, नुहाउन भनेर कपालमा तेल हालेर बसिराछु"--मैले नजाने बाहना बनाए। "तलाइ किन राम्रो हुनु पर्यो त मेरो केटालाइ भेट्न, हिंड भन्या"--उ जिस्किदै तान्न थालि र म मन नलागि नलागि पनि जानै पर्यो।

अलिकति पर डेडे साहुको पसल अगाडि एउटा बाइकमा बसिरहेको, दुब्ले खवटे, आँखा पनि राता राता, झुस् झुस् दारि आको, कपाल कुमबाट पनि तल झरेक हेर्दै डरलाग्दो केटालाइ चिनाउदै भनि--"उ आकाश"। त्यो जगल्टे त हेर्दै गुन्डा जस्तो सुन्दरीजल पुराएपछि पनि फर्काउने हो कि होइन भन्ने शङ्खै लाग्ने। "हाइ म दिपिका"--मन नलागि नलागि आफुलाइ चिनाए। "पुजाले तिमीसँग भेटाउन खोजेको धेरै दिन् भो"--अब पुजा र त्यो भेटेकै जम्मा तिन दिन् भो रे कति धेरै भनेको हो उ नै जानोस तर धोत्रे न धोत्रे अवाज, बरु पहिलेको इन्द्र भनौदो नै गतिलो थ्यो कम्सेकम् आवज् त मिठो थ्यो कि। पुजालाइ अलि यता तान्दै भने--"ल ३ बजे भित्र आइनस् भने चैं तेरो आमालाइ फोन गरिदिन्छु म, यस्तो हेर्दै चोर जस्तो सँग जान आटेकि छे कता बाट पो फेला पार्या हो?", "हुन्छ भन्या" भन्दै दौडि, उस्लाइ मेरो कुराको केहि अशर परेको भए त के?

घर् छिर्ने बित्तिकै आमाले सोध्नु भो--"खोइ पुजा माथि आइन", "अहँ आइन"--छोटो उत्तर दिदै आफ्नु कोठातिर लागेँ। आमा सँग गफ गर्न थालेँ भने फेरि के के सोध्न थाल्नु होला भन्ने डर ले आमाको अगाडि पनि पर्न सकिन। फेरि उता पुजा को आमा र मेरी आमा साथि तेसैले फोनमा कुरा भैरहने, आफुलाइ आपत फेरि उस्कि आमाले फोन गर्नु भयो भने के भन्ने, आफ्नै आमालाई त ढाँटिराछु, उस्कि आमालाइ के सम्झाउने? आमा-आमा साथि भएर पुजालाइ मेरो घरमा आउन कुनै रोकतोक थेन तेसैको भरपुर फाइदा उठाउथि उ पनि। त्यो दिन त फोन को घन्टि बज्नै नहुनि मै दौडिन्थे उठौन पुजा या उस्कै आमा को हो कि भनेर। मेरो ताल देखेर आमा पनि आस्चर्य मान्दै भन्नुभो--"छोरी फोन को घन्टि बज्दैमा तेसरि हाम्फाल्नु त पर्दैन नि, म पनि यहि छु उठाइहाल्छु नि", आफुलाइ पिर परेकै त्यै आमा ले फोन उठाउनु होला भन्ने, आमालाइ के था? आमा ले सुँइको पाउनु भो भने भोलिदेखि आफै माथि शङ्का गर्न के बेर? त्यो दिन त दिनभरि नै डर् लागिरह्यो। फेरि पहिले पहिले त गए पनि त्यै हिरारत्न अथवा गोपि-क्रिष्ण तिरै फिल्म हेर्न जान्थि यो पालि त आँट बढेर सुन्दरीजल सम्म पुगेकिछे त्यो पनि २-३ दिन भेटेको जगल्टे सँग।

घडि हेर्दै थें ३ पनि बज्यो तर पुजाको अत्तोपत्तो थेन न त फोन नै गरेकि थि, फेरि त्यो बेलाँ अहिले जस्तो सबैका हातमा सेल्फोन पनि हुदैनथ्यो। न घरनै पुगि कि जस्तो पनि लाग्यो। त्यो रिसको झोंकमा सोध्न पनि बिर्सेछ मेरो घर छिर्छेस् कि आफ्नै घर जान्छेस् सिदै भनेर। उस्को घरमा फोन गर्दा आइपुगेकि रैनछे र आन्टिले फोन उठाउनु भो भने के भन्ने फेरि। जति समय बड्दै गयो त्यतिनै मन बिथोल्लिन थाल्यो। हेर्दा हेर्दै बाहिर त झमक्कै परिसक्यो, बाबा धरि आइसक्नु भयो घर। मलाइ  हो न हो जगल्टे सँग भागि कि भन्ने शंका पनि लाग्न थाल्यो। ऊ नभाग्लि जस्ति पनि थिन, जे मनमा आयो तेहि गर्थि नसोचिकन। म झन् दोधारमा परेँ। घरमा केहि भनु भने अरु सोधपुछ गर्नु होला भन्ने डर। फेरि एक महिना मात्रै अगाडि त्यस्को एउटा छ्याके सँग म र अर्को साथि पनि गएका थौ दक्षिनकालि त्यो पनि स्कुल छोडि छोडि, त्यो कुर घरमा निस्क्यो भने त रँडाकोनै मच्चिन्छ। त्यसैले केहि नभन्नु मै आफ्नु भलाइ देखेँ। डराइ डराइ तेस्को घरमा फोन गरेँ न घरै गै कि भनेर, धन्न काम गर्ने केटा बले ले उठायो अनि "पुजा छे?" भन्दा "दिपिका दिदिकाँ गैस्याछ" भन्यो। ऊ त घर पनि पुगेकि रैन छे। कता कता दुर्घटनामा पो परिकि भन्ने डर लाग्न थाल्यो। ऊ फेरि म डराउछु भन्ने थाहा भएर भनेको समयमा जहिले फर्किन्थि।

एक्छिन्मा त उस्को आमाको फोन आइहाल्छ, यसै भन्डाफोर हुने उसै भन्डाफोर हुने बरु बाबालाइ भन्छु केहि खोज्ने उपाय त निकाल्नु हुन्छ भनेर बाबा काँ गएँ र पुजा आकश भन्ने सँग गएकि सुन्दरीजल अज सम्म पनि आइन भनिदिये। सधै शान्त शोभावको सानु स्वोरमा बोल्ने बाबा त एक्कसि उर्लिनु भो--" अनि तिमी चैं किन न गा त?, तिमी पनि जानु पर्थ्योनि ककनि ऊ सुन्दरिजल गए, तिमीहरुलाइ बाउ आमाको इज्जतको केहि पिर छ र?" बाबा एक्कसि उर्लिनु भएको देखेर आमापनि "के भो?", "के भो?" भन्दै आउनु भो। "सोध्न उसैलाइ, एउटी गै रे कुन चैँ गुन्डो सँग, नङ र मासु जस्ता थे दुइटी अब अर्कि को पनि के भर ? जान ठिक परेकी छे कि ? " ---- बाबा को म प्रतिको तेत्रो बिस्वास एकपलमै चक्नाचुर भएको देख्दा त चित्त दुखेर आँखाबाट आँशु झर्न थाल्यो। भाइ त म रोएको देखेर के-के न भो भनेर डाँकै छोडेर रुन पो थाल्यो। आमा हत्तनपत्त टोल छिमेकिले सुन्लान् भनेर झ्याल ढोका बन्द गर्न थाल्नु भो। त्यो सबै द्रिश्य हेर्दा त आफैनै त्यो जगल्टे सँग भागेर ३ दिन पछि घर फर्केको हो कि झैँ लाग्यो।

आमाले अलि शान्त भएर सोध्नु भो त्यो जगल्टेको बारेमा आफुलाइ नाम बाहेक केहि थाहा छैन। भेटेकै त्येहि दिन पहिलो चोटि। पुजा र म त्यस्तो मिल्थ्यौं, मेरो कुरा कस्ले पत्त्यौने?  फेरि जानु अगाडि त्यसरि आँगनबाट चिच्याएकि सबैले सुन्याथे। आमाले पुजाको घरमा फोन गरेर आन्टिसँग कुरा गर्नु भो। आन्टि त हामीकैं आउन लाग्नु भो मलाइ केर कार गर्नलाइ। जति बदमासि लुकि लुकि गरे पनि सबैले ज्ञानि छोरी भनिरा आज एक्कसि आफ्नु इज्जत आगोले टिपेको रौं झैँ झ्वार् झ्वार्ति बल्दा त चित्तै दुख्यो। भाइलाई थम्थमाउदै बाहिर हेरिराथेँ पुजा जगल्टेको बाइकबाट मेरो ढोका अगाडि ओर्लिएको भाइले र मैले दुबैले देख्यौँ।

भाई कराइहाल्यो "ऊ पुजा दिदी" भन्दै। बाबा आमा दुबैले ज्यालबाट बाहिर हेर्नु भो।बल्ल राहत मिल्यो केहि भएको रैनछ भनेर। माथि तेत्रो हल्चल मच्चिसक्यो ऊ भने जुत्ता धरि हातमा बोकेर आउदैथि मेरो बाबा आमाले थाहा पाउनु होला भनेर। म दौडिदै भर्याङमै पुगेँ। ऊ मलै देख्ने बित्तिक्कै आत्तिदै "सरि सरि म सबैकुरा डिटेलमा भन्छु तँलाइ अहिले नरिसा है"--- रिसाउने भन्दापनि आफुले तेत्रो कान्ड मच्चाइसकेँ अब उस्लाइ भन्नु त पर्यो। अनि नरम भएर बाबालाई भनिदिएको कुरा भने। ऊ त रातो पिरो हुदै भन्न थालि--"एक छिन कुर्न सकिनस् तेरो बाउलाइ सबै कुरा भट्यौनु पर्थ्यो?", "कुराउने पनि हद हुन्छ, ४-४ घन्टा पनि कसैले कुराउछ त? एक कल फोन नगरिकन"--आफु डर न भर सँग त्यति ढिलो आउछे अझ  तेरो बाउ भन्दा त मैले पनि आँखा देखिन र सन्किएँ। ऊ अलि नरम भएर सोधि--"मेरो घरमा त भनेकि छैनस् नि?" डराइ डराइ मैले भने--"अँह मैले त भनेकि छैन तर आमाले चैँ भन्नु भो?"। ऊ तेहि खङर्याङ् खुङरुङ् भै र तल ऊर्लिन थालि। "काँ जानला तँ?"--मलाइ फेरि त्यै जगल्टे सँग जान पो लागि कि भनेर डर लाग्यो। उस्ले मेरो अनुहार् पनि नहेरि उत्तर दि--"अब आफ्नु घरमा पूजा छ, धूप बत्ति बालिहालिस् तैले, आमा अबिर अक्षता लिएर बसिरनु भा होला जानु परिहाल्यो नि, त पनि आउछेस्कि घन्टी बजाउन?"

---------------------------------------------------------------------------------------------------------------------------------------------

२००७ शालको मेरो अन्तिम कोशेलि,  २००८ शालले सबैको घर आँगनमा खुशि लेरावोस्,  नयाँ नयाँ प्रस्तुतिहरु पढ्न पाइयोस्, येहि मेरो कामना छ हजुरहरुलाइ।

Last edited: 31-Dec-07 09:57 AM
Read Full Discussion Thread for this article