Posted by: kalejo December 31, 2007
मेरो कामना
Login in to Rate this Post:     0       ?        

निस्फिक्रि घुम्थे खुशि बोकि जताततै हावा सरि
लाग्थ्यो पाएको छु सबै मैले चाहेको जति
सानि चरि आएर एकदिन मेरो कानमा भनि
बद्लीएछ हावाले चाल मलाइ थाहै नदि

बसिसकिछे मुटुको मझेरिमा एउटि सुन्दरी
आफै भन्दा प्यारो लाग्न थालेछ त्यो परी
आफ्नै संसारमा मग्न हुन्छे उ हर घडि
मुसुक्क मुस्कान छोड्छे मुटुनै बिझ्ने गरी

मासुम ति नयन उन्का कोहिली झैं बोलि
धपक्क बलेको मुहार जस्तै सजिएकि डोलि
हिजो भन्दा आज प्यारी झन् प्यारी भोलि
नव बर्षमा खुशिले भरिउन् उन्का झोलि

Read Full Discussion Thread for this article