Posted by: Amazing December 31, 2007
ROSE- यो Thread तीम्रो नाममा
Login in to Rate this Post:     0       ?        

लन्डनको तातो हावा- भाग १

 

म ३० दिनको यात्राम निस्कदै छु, यो सायद अहिलेसम्मको मेरो लाइफको exccited journey  हुन्छ होला।
म कहिलै नगयको, ठाउमा जादैछु र त्यो भन्दा पनि अचम्मको कुरा के भने यो यात्रामा मैले अहिलेसम्म नभेटेका नया मानीसहरु भेट्ने छु,  एक् महिनामा १० दिन त मेरो नियोजीत यात्रा छ तर त्यसपछि कहा जान्छु, को सङग बस्ने, केहि पनि फिक्सड छैन। होटलमा बस्ने पैसा छैन, Chiनेकाहरुलाइ सम्पर्क गरेको छैन    ४-५ वटा देश घुम्ने प्लान् छ। र अर्को कुरा यो यात्रामा मैले आफुले चीनेका कसैलाइ पनी सम्पर्क गरेको छैन, हुन त साझामा एुटा थ्रेड शुरु गरेको थिये कोइ साथीहरु भेटिन्छ की भनेर तर त्य्स्तै भयो।


Summer मा साथिहरु भने पहिला भन्दा दोब्बर तेब्बर काम गर्नु पर्छ भन्दै कामको खोजीमा थिए म भने अलि अलि भयको पैसा पनि हावा सरि उडाउनकोलागी लफङा जस्तो भयर बिना कारन यात्रामा निस्केको थिय। सायद म पनि Paulo Coelhoले The Alchemistमा भने जस्तै एुटा गोठालो हु, जसले travelling  गर्नको लागि, आफु भन्दा पनि माया गरेर राखेका भेडाहरु बेचेर इजिप्टको मरुभुमिम लाग्छ तर उ र म मi धेरै अन्तर भय जस्तो लाग्छ किनकि उस्को यात्राको उेधेश्य् थियो, उ  treasure को खोजीमा हिडेको थियो जसको लागि उसले अतीनै मन परायको ब्यापारीकी छोरिलाइ छोडेर हिडेको थियो तर म भने, ग्न्तब्यहीन् भयर हिडेको थिय. तर मैले यो कुरा पनि नकार्न सकिदिन, a good traveler has no fixed plans


त्यसै अनुसार म रातको बार बजे लन्डनको ब्यस्त बिमानस्थलमा उत्रे, उत्तरयुरोपको शान्त र चीसो ठाउबाट आयकोले होला लन्डनको हावा पनि तातो लाग्यो अनि बीमनस्थलको चहलपहल र कोलाहल देखेर अचम्मै लाग्यो। येस्तो पो ठाउ, आखिरमा जे भनेपनी ठाउ भन्या ठाउ नै हो जस्तो लाग्यो। यो बिमान्सथल् त अझ लन्डनको सबैभन्दा दुर्गम रे, मलाइ त बिश्वासै गर्न गारो, यस्को त येसो हालत छ भने अझ अरुको हालत कस्तो होला। लन्डनमा ५ वटा बिमानस्थल् छ। बिश्वको सबैभन्दा ब्यस्त Heathrow airport पनी यहि छ। Gatwick, Luton, London City, Stansted अरु ४ वटा बीमानस्थल् हुन्


Immigration ma  राम्रै रेस्पोन्स् मिल्यो, यसपालि भने नेपालि पासपोटले खासै बेइज्जत गरायन।
२ घन्टा अगाडी लगायको जेल् सुकिसकेछ, २ पाउन्डमा किनेको पानिले कपाल् भिजाय, फेरि दुम्सिको काडा जस्तै ठाडो भयो, घाटिमा आधाकिलोको दाम्लो थियो। MP3को हेड्फोन् कानमा घुसारे, battery डाउन् भै सकेछ त्यहि पनि कानमै घुसारे, कसैले सोध्ने होइन कुन गीत् सुनीस् भनेर। अनि बेला बेलामा Gray Tshirt को बाउला बिना कारण उचाल्थे, फलाम उचालेर बनायको पाखुरा देखाउन, तर जति चना खायपनी 'जाम् की क्या हो जीमखाना' भन्ने गीतमा जस्तै थियो मेरो जीउ।साच्ची नढाटिकन भन्या है


लन्डनको multicultural सिटीमा कतै पाखे पो हुने हो कि भन्ने डरले Movement ma  अलि स्टाइल् लयाउन् खोजे, dogwalk हिड्न थाले, केटी भयको भय catwalk ट्राइ गर्थे होला,  लन्डन सबैको सपनाको शहर, आज मेरो जीवनको एुटा सपना साकार भय जस्तो लाग्यो, यो मेरो जीवनको पहीलो बेलायत यात्रा थियो, स्कुल पढ्दादेखिनै मेरा दुइवटा सपना थिय, English Premiership match LIVE हेर्ने अनि अर्को Lords Cricket Ground मा ब्याट उचालेर फोटो खिच्ने,.  Natwest Seres Final मा कैफ र युबराजको अबिश्वसनिय innings हेरेपछी त big fan नै भयको थिय Lords Cricket Ground ko. लन्डन सायद बिश्वकै सबै भन्दा multicultural city हो क्यारे, New York ra Toronto bhanda pani? तर जे होस् लन्डन् भनेको लन्डन् नै हो,


बिमानस्थलबाट अब मलाइ सेन्ट्रल लन्डन जानु थियो त्यसैले १० पाउन्डमा विक्तोरिआ Victoria Station ko टिकट काटे, बस् गुडेपछि मलाइ कता कता नेपालमै छु जस्तो लाग्यो किनकी नेपालमा पनी बेलायतमा जस्तै लेफ्ट ह्यान्डबाटै गाडी चल्ने भयकोले होला तर जे भयपनि यो पनी ब्रिटिशकै India राजकै कारणा थियो.


Victoria बाट सरोजले भने अनुसार ट्याक्सि लिएर Shepherd Bush गय, BBC को heardquartersत्यहि रहेछ रात परिसकेकोले underground  चल्ने चान्स थियन, १८ पाउन्ड ठटायो टयक्सीले, मुटुमा ढ्याङ्रो ठोकेपनि keep the change  भने, उ पनी मक्ख परेर 'thank you sir' भन्यो, यस्तै हो हामि नेपालिको बानी घरमा खाने चामल् छैन बाहेर भने देखाउनु पर्ने,


सरोज मलाइ पर्खेर बसेको रहेछ,  उसको र मेरो अझसम्म भेट भयको छैन। हामि दुबै जना क्रिकेटको केर्जी फ्यान भयकोले उसलाइ मैले क्रीकेटको फोरममा भेटेको थिय त्यस्पछि सधै जसो अन्लाइन  भेट हुन थाल्यो र आत्मियता बढ्यो।भर्खरै साझामा साधना शर्माले लेखेजस्तै उ मेरो अन्लाइन साथि थियो तर केटि होइन केटा। म लन्डन अौने भयकोले २-३ दिन गासबासको लागि स्वागत गरेको थियो।¨
त्यति राति पनि म अौने भयकोले उसले मलाइ कुरेर बसेको थियो, साथमा मटन र भात रेडि रहेछ। उस्लाइ भेट्दा एक्दम खुशि लाग्यो येस्तो लाग्यो कि मैले कुनै पुरानो साथी भेट्दै छु, कुनै किसिमको अप्ठेरो फील् भयन।


भोलि बिहान उठ्दा ८ बजीसकेछ म त लन्डनमा छु भन्ने नै बिर्शेछु, अनि फेरि सम्झे सारै खुशी लाग्यो, एक् छिन् आफै हासे
--------

 

Read Full Discussion Thread for this article