Posted by: Nepe December 29, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

यो धागोको बींट मर्नु अघि म हतार हतार मैले माथी कतै गरेको वचन पुरा गर्न चाहन्छु । नयाँखर्के भेलाका सहभागीहरुले मलाई छाडेका प्रभावहरु ।

 

संक्षिप्तमा, म सबै सहभागीहरुका सबै साझा र अलग अलग विशेषताहरुद्वारा प्रभावित हुन पाएँ । चीरपरीचित पुन्टेदाको आतिथ्य, उन्मुक्त ठट्टा र व्यवस्थापकिय लचकता, अप्पु भाउजुको उदारता र शालिनता अनि सह-अतिथीहरुमध्ये ठूलीको मायालु वातावरण सृजना गर्ने कला, दानेको धैर्यता र मिलनसारिता, नेप्चीको हरेक क्षणको आनन्द लिने कला र म आफै अनभिज्ञ रहेको हाम्रो पूर्व ईतिहास (गलत अर्थ नलागोस् नि फेरि !), राहुलको witty टिप्पणी गर्ने कला, रिठ्ठेको त माथी पनि उल्लेख गरिसकें गम्भिरता र व्यवस्थापकिय कुशलता, अन्तरेको संभ्रान्त व्यक्तित्व र खास गरेर मेरो रुचीसंग मिल्दो गीतहरुको छनोट (उनले गाएका सबै गीतहरु मलाई साह्रै मन पर्ने गीतहरु मध्येका थिए), चित्रेको मैले सोचेको जस्तै प्रशान्त स्वभाव, गुणग्राहिता र हामी सबैलाई चकित पार्ने मित्रमण्डली, मदनवाको त कुरै गर्न परेन सबैलाई नि:शस्त्र पार्न सक्ने, सबैको मन जित्ने प्रतिभाशाली देवदूत, भउतेको मैले सोचे भन्दा पनि बढी सज्जनशिलता र मैले सोचे भन्दा फरक अमन-चयनप्रेम (love for peace and serenity) र बिर्खे -- जसले मलाई सबभन्दा बढी प्रभावित र चकित पारे भन्छु -- को उत्सुकता, तत्परता, उर्जा, पारख र सबभन्दा त मन्दिरको ढोका जस्तै खुला राखेका मन, आदिबाट म औधी प्रभावित हुन पुगें ।

 

त्यो बाहेक हाम्रो बसाईभर र त्यस पछि पनि हामी सबले एक अर्काबाट जुन उत्सुकता र माया पायौं त्यो चाही हाम्रो भेटघाटको सबभन्दा मूल्यवान उपहार थियो र त्यो हाम्रो जीवनभर एक संकिर्तनिय स्मारकको रुपमा रहिरहनेछ भन्नेमा मलाई कुनै शंका छैन ।

 

सबै साथीहरुलाई मेरो अनगिन्ती माया र सलुट !

 

Nepe 

Last edited: 31-Dec-07 12:34 AM
Read Full Discussion Thread for this article