Posted by: lopchanlama December 28, 2007
Login in to Rate this Post:
0
?
कोरा- प्रेम
ओठ तिम्रो
कोमल गुलाव जस्तो
दन्त तिम्रो
निच्छल हिमाल जस्तो
आँखा तिम्रो
नशालु म्रिगयणी जस्तो
कपाल तिम्रो
सुन्दर झरना जस्तो
मुहार तिम्रो
उज्जल जुन जस्तो मदहोस् छु म
तिम्रो सुन्दरता देखी
झट्ट हेर्दा
स्वर्गकी परी जस्तो
खै कती कोरु
तिम्रो बखान
खाली पानाहरुमा
यो भाँचीएको कलमले