न्यूयोर्क भ्रमण,सिनेमा, ब्रङ्क्स, रबर्ट डे निरो र अल पसिनो-
पुन्टे दाईकहाँ चौतारी भेटघाट साह्रै नै रमाइलो र एक्साइटिङ रह्यो। चौतारीका अद्भुत र ट्यालेन्टेड साथिहरु संगको भेटघाट र रमाइलो बाहेक मलाई न्यूयोर्कको केहि ठाउँहरु नजिकबाट हेर्न धेरै पहिले देखि नै मन लागेको थियो पुराना सिनेमाका कारणले। टाइम स्क्वायर, लिबर्टी टावर, एम्पायर स्टेट इत्यादीले जो कोहिको पनि भ्रमणसुचिमा पर्लान, तर किन किन मलाई जब न्युञोर्कको कुरा आउँछ, ब्रङ्क्स र हडसन रिभर अनि वरिपरीको वातावरण याद आउँछ। शायद पुराना हलिवुडका सिनेमाहरुको धेरै नै गहिरो प्रभाव परेर होला। यस सन्दर्भमा दुई जना कलाकार जो मेरा सुचिमा शायद सदैव महान कलाकारको रुपमा उल्लेखित भैरहलान तिनको नाम नलिनु अन्याय हुन्छ। किनभने न्युञोर्क र वरिपरीको जीवन, रहनसहन र भुमिगत जीवनको जुन परिचय (केहि गलत नै सहि) मैले यि दुई कलाकारहरुबाट पाएँ त्यो शायदै अरु कसै बाट पाउन सक्थेँ। ति दुई कलाकार हुन- रबर्ट डे निरो र अल पसिनो। पहिलो पटक गडफादर बाट यि दुईलाई चिनेको थिएँ। पछि यिनका केहि सिनेमाहरुले नराम्रो संग प्रभावित बनायो। वन्स अपन अ टाइम इन अमेरिका,अ ब्रङ्क्स टेल,ट्याक्सि ड्राइवर,अनटचेबल्स, गुडफेलास इत्यादी इत्यादीले रबर्ट डे निरो र न्यूयोर्कको (साथै सिकागो तथा अरु ठुलो शहर) ठुलो प्रभाव पार्यो र साथ साथै, भुमिगत आपराधिक संसार र अल पसिनो प्रतिको उत्सुक्ता बढायो। स्कारफेस,सेन्ट अफ वुमन,कार्लिटोज वे इत्यादी इत्यादीले त्यो भोक केहि हद सम्म पुरा गर्यो। न्ञुञोर्कको गल्ली गल्ली घुमेर हुर्केका ञि कलाकारहरुको बाल्यकाल बितेको स्थान साउथ ब्रङ्कस र त्यसको भिसिनिटि जताततै घुमाइदिन शायद पुन्टे दाई जत्तिकै पुरानो र गल्लि गल्लि संग परिचीतले मात्र सक्थ्यो होला । " यु टकिङ टु मि?" भन्दै ति स्थानहरु घुमाइदिएकोमा पुन्टे दाई प्रती आभारी छु।
" यु नो वाट आइ मिन?"