कसैले रियल नाम बोलाउने दुचेस्टा त गरेन नि?
हामी त ३,४ दिन चौतारीको नाममै यति रमायौं कि आफ्नो रियल नेम समत झण्डै भुल्यौं। रिट्ठेको घरको दाइ, भाउजूले
समेत मलाइ 'चित्रे' नै भनेर बोलाउनुभयो। हुँदाहुँदा सधैं रियल नेमबाट बोलाउने गरिएको रिट्ठेलाइ समेत दाइले 'रिट्ठे'
भनेर बोलाउन थाल्नुभएछ!
भौते काजी र पुन्टे दा को साली को भेट भयो कि भएन?
अब त भौते काजीले जो भेट्छन्, उनै पून्टे दा को साली पनि हुन्छिन्!
चित्र बादुर किन त्यस्तो लजाको?
ए! बल्ल बुझें, पर्वते ज्यूले हातहरूको फोटूमै भन्नुभएको हो क्यारे! म लजाको कहाँ हो र!हुन पनि सबभन्दा बढी देखिने मैं हु त्यसमा, घाँटी र चिउँडोसम्म देखियाछु। हैन तर तपाइले कसरी चिन्नुभो नि मलाइ
यति सजिलै?
स्लिम त एक जना मात्रै(को हो भन्नै परेन)?
सिलिम त हामी नि हम्, अलि अलि मसल्सले मात्र भिलेन खेल्यो।
धोबिपक्षड मा कुन पार्टी ले जित्यो
आफ्नो त सेन्टल पार्क छिर्नु भन्दा अघि मान्छे भेट्ने काम पर्यो, पछि हतार हतार जाँदा त धोबिपछाड कार्यक्रम
सकिसक्या रैछ। जसले जिते नि मलाइ त केही फरक परेन, तर जम्मै जना हिलो माटो लागेर चिन्नै गाह्रो भएछन्।
पिउने ब्यवस्था चाँही भएन कि क्य हो? (हुन त मदन्बा ले के के भन्दै थियो)
पिउने व्यवस्था त यस्तो तगडा भो कि पून्टेदाइको घरबाट फर्कंदा भरेङमा जुत्तामा टेक्न पुगेछु, मैले त कस्को खुट्टमा
टेकें भन्ठानेर खाली जुत्तालाइ पो 'सरी' भनेको। यस्सो हेर्दा त मान्छे छैन, जुत्ता मात्र रैछ!
अनी को रैच त बेस्ट कुक?
सब एक से एक कुक नि, आफू बाहेक। म चैं बेस्ट इटर!
ठूली, मलाइ नि सिगार तान्न सिकाइदेऊ न!