Posted by: Birkhe_Maila December 27, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

कसैले रियल नाम बोलाउने दुचेस्टा त गरेन नि?

गरेनन् कसैले पनि रियल नाम बोलाएनन्, अझै पनि मलाई त २-३ जनाको रियल नाम थाहा छैन।


भौते काजी र पुन्टे दा को साली को भेट भयो कि भएन?

भौते काजी र पुन्टे दा को भेट हुदा साली अर्कैले उडाइसकेको अपुस्ट समाचार आएको थियो।


चित्र बादुर किन त्यस्तो लजाको?

चित्र बादुर लजालु छैन, त्यो त क्यामेरामा मात्र एक्टिङ गरेको।


स्लिम त एक जना मात्रै(को हो भन्नै परेन)?

हाम्पनी सिलिम छम गाँठे, तो फोटो खिच्दा लाएको भोटोले गर्दा मोटो देखिया यो।


धोबिपक्षड मा कुन पार्टी ले जित्यो

श्री बिर्ख बहादुर बोगटिको पार्टीले जित्यो नि भन्नै पर्दैन।


पिउने ब्यवस्था चाँही भएन कि क्य हो? (हुन त मदन्बा ले के के भन्दै थियो)

पिउने व्यवस्था भयो, तर सबै मदनवाले झ्याप पार्यो।


अनी को रैच त बेस्ट कुक?

हे हे हे श्री बिर्ख बहादुर बोगटी नि, पुन्टेन्द्र बिक्रमले आफू भन्दा मिठो बनाउला कि भनेर डाडु पन्यौ समाउन दिएनन्।

Read Full Discussion Thread for this article