Posted by: Birkhe_Maila December 27, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

न लाउन हुने न खान हुने, ठुल्दिज्यूssssssss....

धारा खस्यौली नि बुइनी रुँदै बस्यौली...

 

बिहीबारे जदौ! यो बिर्खे माईलाको!!

 

" आउनुहोस! आउनुहोस! आउनुहोस!"

" सम्पुर्ण रोगको एक मात्र औषधी धन्वन्तरी प्रास लैजानुहोस र निरोगी बन्नुहोस!"

"गानो, गोला, वायू, शूल, ग्याँस्टिक, अमलपित्त, कृष्णपित्त,भोक नलाग्ने, भोक धेरै लाग्ने, नजर लुकेको, पेट फुकेको, स्तन झुकेको, पुट्ठा सुकेको, मुखको चाउरी, कपालको गाँठो, पेटको आँठो, माइतीको नाठो, सम्पुर्ण रोगको एकमात्र औषधी धनवन्तरी प्रास.....काली काली कलकत्तेवाली, इन्द्रकि बेटि ब्रम्हाकी सालि, खाओ पान बजाओ ताली, मेरा बचन नजाए खाली....जमुरे...एउटाको कम्पनी मोल २० रुपियाँ...आज यहाँ किन्नुभयो भने एउटाको मोल मात्र १५ रुपियाँ....जमुरे...तास खेलेर, चुरोट फुकेर, रक्सी धोकेर फाल्ने १५ रुपियाँले तपाइँलाई निरोगी बनाउँछ.... जमुरे...आज तपाइँलाई भनेर यसको मोल मात्र १० रुपियाँ.....जमुरे...अहिले तुरन्त पैसा निकाल्नुभयो भने यो रामवाण औषधीको मुल्य मात्र ८ रुपियाँ....जमुरे...इज्जत किनेर पाइँदैन अर्काको स्वास्नी चाहिँदैन...जमुरे...आज सबैलाई कम्पनी घाटामा, दुइटाको मोल मात्र १० रुपियाँ....जमुरे...बगेको खोला फर्कँदैन, आएको मौका पर्खँदैन...जमुरे...२० रुपियाँमा पाँच वटा, बिस रुपियाँमा पाँचवटा, बिस रुपियाँमा पाँचवटा....जमुरे................

 

 

Read Full Discussion Thread for this article