Posted by: parikalpana December 26, 2007
मेरो चाहना मा तिमी
Login in to Rate this Post:     0       ?        

एैना मा हेर्छेउ कती त्यो रुप यौबन जबानी
उस्तै देखीन्छेउ सधैं सदाबहार छौ तिमी
एैना मा हेर्छेउ कती त्यो रुप यौबन जबानी
उस्तै देखीन्छेउ सधैं सदाबहार छौ तिमी

धपक्कै बलेको  मुहार तिम्रो लजाउने त्यो बानी
नशालु ति नयन तिम्रा मुस्कान मा मोहनी
उस्तै देखिन्छेउ सधैं मेरो नजर मा तिमी
एैना मा हेर्छेउ कती त्यो रुप यौबन जबानी

सिउंदो भरी छ तिम्रो निधार मा छ मोती
गर्छु कामना सधैं तिमी हुनु  शौभाग्यवती
उस्तै रहने छौ सधैं मेरो चाहना मा तिमी
एैना मा हेर्छेउ कति त्यो रुप यौबन जबानी

Read Full Discussion Thread for this article