Posted by: Nepe December 26, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

पुन्टेदाभाउजुको अद्वितिय आतिथ्यको स्वर्गमा मेरा चरम उत्सुकता र सम्मानका पात्र मदनवा, मेरा काव्यात्मक र राजनैतिक क्षणहरुका समेत सहभागीद्वय भउतेबिर्खे, आफ्नै भाई झै प्यारो लाग्ने चित्रे, साझामा दोहोरो कुराकानीको अवसर नमिलेको तर आफ्नो आत्मकथा र समृद्ध अनुभवद्वारा औधी प्रभावित पारेका ठूल्दाई र चौतारीका हस्ताक्षर हस्तीहरु ठूली, नेप्ची, रिठ्ठे, अन्तरेदानेसंग चौतारीको अदभूत ठट्टा र आत्मियताका साथ तीनदिने जादूमय क्षणहरु भोग्न पाएर धन्य अनुभव गरेको छु मैले ।

 

कुन कुन पात्रहरुले कुन कुन क्षण ककसरी प्रभावित पारे मलाइ भन्ने कुरा यथाअवसर बिस्तारै बिस्तारै बाँड्ने छु । यो खेपमा चाहीं भेलाको एक अमूल्य र उत्कृष्ट क्षण- चौतारीका अदभूत लोकप्रिय र सज्जन पात्र मदनवाको साथ ।

 

मदनवा उनलाई पुनते बुह्रोले टेशनमा रिसिभ गरेदेखि त्यतिन्जेल आईपुगिसकेका पाहुनाहरुसंगको साक्षात्कारका क्षणहरु बाँडिरहेका छन् । यो अडियो रेकर्ड हो है । भिडियो रेकर्ड भने अहिलेलाई सार्वजनिक नगरेर classified डकुमेन्टको रुपमा राख्ने निर्णय गरिएको छ ।

 

ल त स्वीकार गर्नुस् , अद्भुत मदनवाको अद्भूत प्रस्तुती मदनवाकै स्वरमा ।

 

http://www.mediafire.com/?f0ugmzfyoun

 

Nepe 

Read Full Discussion Thread for this article