Posted by: world_map December 26, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        
हा हा हा हा!

पहिले हाँसुम्, हाँस्नै पुग्या छैन, सम्झी सम्झी हाँसिरा'छु! कति हँसाउन सक्या हुन्!

चौतारी भेलाको वर्णन गर्न अब शब्दले अपूरो र अधुरो नै हुने छाँट छ, सहभागीहरूले मात्र देख्न, सुन्न र अनुभव गर्न
सक्छन् त्यो अभूतपूर्व, बेजोड भेलालाइ।
नयाँ खर्क शहरको भव्यता र पून्टे बुह्रो + पून्टेनी भाउजूको र रिठे दाजुको अतिथि सत्कार कलाले गर्दा यो चौतारी 
भेला अविस्मरणीय र अभूतपूर्व भयो।

नेपे दाजीको आत्मीयता, सबै उमेरकासँग मिल्न सक्ने खूबी गज्जब लाग्यो। राहुलदाइको हरेक छिनमा हँसाउने क्षमता
नेप्ची भाउजूको केयर, पून्टेदाइको गीत, अभिनय, पून्टेनी भाउजूको शालीनता, अन्तरे दाइ र रिठे दाजूको गायकी, बिर्खे बुह्रोको गफ
म्याड्डू भैयाको गाना, भौतेकाजीको लोकगीत, दानेको कूलनेस, ठूलीको क्युटनेस आदीले सुनमा सुगन्ध थपेको थियो।

रिठेदाजुलाइ लम्पसार पर्नको लागि खाट दिनु भएकोमा धन्यवाद! अनि पून्टेदाइ र भाउजूलाइ यो रमाइलो भेलाको
आयोजनाको लागि।

 म त हिजो घर पुगेर खाना खाएर सुतिहालेको, अहिलेसम्म भेलाको ह्याङ्ओभर बाँकि छ, फोटू, भेडियो नि हेर्न भ्याको छैन।

ठूली र रिठे दाजू के छ? अहिले पनि हामी यौटै घरमा बसिराको जस्तो लाग्यो मलाइ त, चिया खानुभो? नत्र सँगै 
खान्थ्यौं होला है? 
Read Full Discussion Thread for this article