Posted by: himalhimal December 25, 2007
Nepal Jana Sampark Samiti News from California (Very Interesting)
Login in to Rate this Post:     0       ?        

जनसंपर्क समिति कैलिफोर्नियाको प्रेस बिग्यप्ती

 

आदरणीय नेपाली कांग्रेस सम्बद्ध सबै प्रजातंत्रवादी मित्रहरू,

 

बिगतका केही महीना देखि जन सम्पर्क समितिको नाउमा भएका व्यापक प्रचाराबाजी र स्वस्थ अस्वस्थ बहसहरूले तपॉईहरु माझ केही ठाऊ पाई रहेको हुनु पर्छ | नेपाली कांग्रेसले दिएको आधिकारिकताको नाउमा नितांत भ्रामक र कपोलकल्पित प्रचाराबजीबाट नाटकीय ढंगबाट भएको कोन्नेक्टिकुट अधिबेसन एउटा कोठे गफ्फ मात्र हो भन्ने प्रमाडीत भएको छ | अधिवेसनले प्रजातांत्रिक पद्धातिको उपहास गरेको छ | अमेरिका जस्तो संसारको उछतम प्रजातांत्रिक मुलुक्मा भएको कोठे बैठकलाई अधिवेसनको नाम दिएर प्रजातांत्रिक परिपाटीलाई बदनाम गर्ने अपराधिक काम भयो | १६० जाना जम्मा गरेर सींगो अमेरिका भरीको अधिवेसन भयो भनेर भन्नु कती सम्मको निर्लज्ज कुरा हो | नेपाली कांग्रेस पार्टी कार्यलयाको एक कर्मचारीले दिएको शुभकामना संदेशलाई आधिकारिक्ताको प्रमांठपत्र भनेर प्रचाराबाजी गरिनु केही निर्लज्ज मित्रहरुको चारित्रिक प्रमांठपत्र हो भन्न हामिलाई गारहओ छैन |

 

पटक पटक भएको सहमति तोड़नु पूर्व सहमति अनुसारको अधिवेसन स्थल परिवर्तन गर्नु तथा झुटा प्रचाराबजी गर्नु पराजित मानसिकता हो | बाल्टिमोर कोन्नेक्टिकुट बाहिरी देखिने दांत मात्र हो | वास्तविकता पराजित मानसिकता र सत्ता कब्जा गर्ने धुर्त्याई हो भन्न कठिन छैन |

 

मित्रहरू कोन्नेक्टिकुट पछि केही छाद्म्भेशी प्रजातंत्रवादीको जन्म भयो | अत्यन्त मानसिक रुपमा असंतुलित मित्रहरूबाट सींगो अमेरिकाभरीका प्रजातंत्रवादिहरुलाई मूर्ख बनाउने खेल भयो | पटक पटक आधिकारिकताको नाउमा पद भजाएर भर्म बेचने काम भयो | प्रजातंत्रवादी मित्रहरुलाई आर्थिकरुपमा शोसन र मानसिक रुपमा दास बनाउने काम भयो | तथाकथित बिभिन्न कार्यक्रम ल्याएर संकलित रकमको आर्थिक अनुशासन र लेखाजोखाको र सुसुचित हुने अधिकारको समेत सम्मान नगरेको देखियो | नेपाली कांग्रेसको भात्री निकाय भनी भ्रम फैलाउदै पार्टीको सामान्य बिधान र शैलीलाई समेत पन्छायेर केन्द्र पछि च्याप्तरको अधिवेसन गर्ने भ्रम फैलाइएको छ |  

 

स्थानीय दुईवटा चप्टरको गठनगरी सींगो अमेरिकाको प्रतिनिधित्व भन्दै सामान्य विधानको खिल्ली उठाउने काम भएको छ | नेपाली कांग्रेसको एकीकरण पछि पनी सबैलाई मीलाएर लैजानु पर्नेमा सत्तामा जुको टासिये झै टासिएर बसने नैतिक हराम जुकाहरुको केन्द्रीय समिति भंग हुनु पर्छ र नया अधिवेसनको आवश्यकतालाई स्विकार्नु पर्दछ | सबै कैलिफोर्नियावासी प्रजातंत्रवादी मित्रहरु जुली २८ मा नेपाली जनसंपर्क समिति कैलिफोर्निया च्याप्टेरको प्रथम अधिवेसन भएको तथ्य सब्बैमा जानकारी हुनुपर्छ | अधिवेसन प्रतिनिधिको रूपमा दुई सदस्य चौध सदस्य सहित ११ जना सल्लाहकर सहितको समितिलाई हुकुमे शैलिबाट बिघटनको खेल शुरू भयो |

 

केन्द्रीय प्रतिनिधि चुनिएर गएका केन्द्रीय प्रतिनिधि केसिले आफुलाई केन्द्रमा पठाउने लोकल च्याप्टर बिघटनगरी आफ्ना रैती र भजिलानतेहरु जम्मागरी  सम्पर्क समिति कैलिफोर्निया च्याप्टर पंचायती शैलिमा  भंग गरीयो | एक व्यक्तिको अभिस्ट पुरा गर्न १००यो कार्यकर्ताहरुको संगठन खारिज गर्ने सूचना दिने दूशाहस गरीयो | जून कुरा उनिहरुको हक भंदा बाहिरको कुरा हो | १४ जनाको कार्यसमिति मध्हे १२ जनाको बहुमतले अन्नायापूर्ण र गैरकानूनी ढंगले खारिज गरेको भनी पूर्ण बहुमत द्वारा लठैतहरु प्रति खेद प्रस्ताब पारित गर्दा पनि त्यसको प्रतिउत्तर नदिने कुम्भकर्णहरुको भिंड संग कुनै पनी सहकार्यको संभावना छेंड भयो |

 

तै पनी यो समिति कैलिफोर्निया एक मात्र आधिकारीक र पहिलो संगठित समिति भएकोले नेपाली कांग्रेस  संगठनको मूल्य र मान्यतालाई ख्याल गर्दै केही भ्रमित र संगठन विरोधी जमातहरुको भीड़बाट गरिएको निर्णयलाई आफुलाई केन्द्रीय सदस्य भनाउदो धनञ्जय केसी मंडलीले यस आधिकारिक समिति संग अब आइन्दा गलती नगर्ने भनी सार्वजनिक मिटिंगामा माफ़ी मागे पछि संफ्रंसिस्को हिल्टन होटेलमा अधिवेसन गर्ने भनी नवम्बर १८ मा निर्णय गर्यो | अधिवेसनको मिति दिसम्बर २३ मा तोकियो | तत्पश्चात अधिवेसनको तयारी हुंदाहुँदै सुरेन्द्र देवकोटा र धनञ्जय केसी मंडली अधिवेसनको मैदान छोड़ी भागेकोले आधिकारिक अधिवेसन नेपाली कांग्रेस सम्पर्क समिति अमेरिकाको पहिले तोकिएको हिल्टन होटलमा नै हुने निर्णय जानकारी गराइनछ | आफ्ना भजन मंडली र हुन्छ प्रसादहरुलाई स्तापिथ गराउनका लागी अधिवेसन रूपी नाटकको एकल निर्यणबाट अधिवेसन स्थल परिवर्तनले षडयंत्रको पर्दाफाश गरेको छ | ६ जनाको निर्वाचन समिति मध्ये बाट ५ जना बहुमत अशहमत रहंदा रहदै एकल निर्णय गर्ने अधिनायक र हुकुमी शैलीलाई प्रजातंत्रवादीहरुले कसरी वुझने |

 

मित्रहरु सहने को सीमा हुन्छ, धैर्यको पनी बाँध हुन्छ | लगातार ग़लत तत्वहरुलाई सही बाटो देखाउदा देखाउँदै पनी नेपाली कांग्रेसको मर्म भंदा बाहीर गएकोले अप्रजातान्त्रिक कुनै पनी शक्ति र तानाशाही चरित्र बोकेका व्यक्ति तथा समूहहरुसंग सब्बैलाई सतर्क हुन जानकारी गराइनछ | बेईमानी र पदलोलुप हरुको भिंडमा बसेर स्वार्थको खेती गर्न नैतिक हरामहरुलाई मात्र सुहाउछ | अली कती पनी इमान छ भने केन्द्रीय समितिका अधककझय लगायत सलाहकार र अन्य जाने नजानेर व्यक्तिवादी हुकुमी प्रबिरतीद्वारा संचालित नेपाली जनसंपर्क समितिका शिकार भएका सम्पूर्ण पीड़ित साथीहरुलाई पटक सोचन अनुरोध गरिन्छ | व्यक्तिगत सम्बन्ध र नाता सम्बन्धले मात्रले नेपाली कांग्रेस प्रतिको सम्बधता पुष्टि गर्ने होइन भन्ने हाम्रो मान्यता छ | अथ: मित्रहरू लोभी पापिहरुको संगत गर्नु र उनका कुरा सुन्नू भनेको हाम्रो आफ्नो इमान बिक्री गर्नु हो | राज्नितिमा आफ्नो बिबेक सर्वोपरी हुन्छ र हुनु पर्छ भन्ने राजनीती शास्त्रको सिद्धांतलाई सम्मान गर्दै जानेर नजानेर कुनै पनी बहानाले यदि सुरेन्द्र देवकोटाद्वारा नेतृत्व गरिएको नेपाल जनसंपर्क समिति नामक व्यक्तिवादी, बिधिबिधान भंदा पृथक र हुकुमीगुट बाट अलग हुन पुनः बिन्र्म अनुरोध गर्दछ |

 

कैलिफोरनिअमा नेपाली कांग्रेसको पहिलो अधिवेसनबाट गठित आधिकारीक समिति आजका मिति देखि बिध्यमान सुरेन्द्र देवकोटाको समुहलाई सामुहिक रुपमा त्याग गरेको घोसना गर्दछ |

Read Full Discussion Thread for this article