Posted by: nepalean December 22, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

नया खर्कबाट तात्तो खबर


कोही गर्मि तथा कोही ठन्डी ठाउंबाट नया खर्कको सुरुगं छिर्दा कोही कट्टु र जांगेमा, कोही सिरक ओडेर चौतारी सम्मेलन आउदा यता उताका भेडा गोठाला ताती लगाएर हेरेका थिए। कतै भेडा गोठाली भेटिन्छे कि भनि भउते घांटी बंगाइ बंगाइ यता उता गर्दा बिर्खे जिम्माल म त ह्यइ छु, तेरो पालो भनेर पछाडी बाट एक लात्ती हानेका थिए। यता चित्रे मुखिया सपनमा दंग, ढुगांमा ठेस लागेर धन्नै खोला पारी पुगेको। चारै तिर कालो कपाल देख्दा ठुलीले पुन्टे दाइसंग भिसा चाहिन्छ कि भनेर सोधेकी थिइन। पुन्टे दाइले भिसाको के चिन्ता, चाहिए यही देखाउ भनेर भिसाको क्रेडीट कार्ड देखाएका थिए। भिसा देखेसी भउतेका चार नेत्र, झन्डै पुन्टे दाइको हातबाट ‍भउतेले भिसा खोसेको थियो। रिठ्ठेलाइ बसले नया खर्कको खासा बजार लगेको हुदा पुन्टे दाइको घर कता भनेर सोद्दा एउटाले 'चिगंको पुन्ते किचागं' भन्दा रिठ्ठे जिल्लाराम परेका थिए। अरु तातो खबर पाउन बेला बेलामा साझा चौतारीमा कम्प्युटरको मुसो सोझाउदै गर्नुहोला, थप खबरको पाउन दौंतरी गाम जानुहोला।

Last edited: 22-Dec-07 10:08 AM
Read Full Discussion Thread for this article