सायद पुन्टे दाइ सारंगि रेट्दै "आमै ले सोध्लिन नि खै छोरा भन्लिन्" मा हराइसके होलान,
भौते काजि ले बाख्राको खोर भत्काइ सके होलान र तरुनि भैसकेकि सानि सामु गुनासो पोखि सके होलान - "अब त सानि तरुनि भै, छुन पनि डरलाग्यो, पर्नु पिर् पर्यो, ज्यानलाइ पर्नु पिर् पर्यो"
अन्तरे जि र रिठेले "आमा भन्दा छोरि तरुनि" को भाका उकासि सके होलान
ठुली तिन्पाने भर्दै हस्तान्तरण गर्दै स्वोरमा स्वोर मिलाइ रहेकि होलिन।
मड्डि भैया ले पान् ल्यैसके होलान र "खैके पान बनारसवाला" घन्काइ रहेका होलान।
चित्रे जि सायाद "जिस्कि बिबि मोटि उस्का भि क्या काम हे" मा कम्मर मर्काइरहेक होलान्।
र
र ठुल्दाइ आफ्नो इलाहाबादि इस्टाइलमा सबैलाइ तारेमाम गर्दै भल्लाकुसरिमा तानिरहेका होलान।
धेरै धेरै रमाइलो गरम सम्पुर्ण भेलामा उपस्थित दाजु भाई, दिदि बहिनि हरु। नया खर्कको भेला अबिस्मरणिय बनोस्।
भाउजुहरु लाइ मेरो दर्सन।
देश्, काल र परिस्थितिले अहिले उपस्थित हुन नसकिकोमा नरमाइलो लागि रहेछ।
तथापि सुर् न ताल् को पनि कुनै सुर् र ताल् मिल्यो भने नया खर्का यात्रामा कुनै दिन निस्केला भन्ने अभिलाशा छ। आसा छ तेति बेला पनि पुन्टे दाई को सारंगि चुडिएको नहोस्, ठुल्दाई को बर्सौंको अनुभववाला मो:मो: सेलाएको नहोस्, रिठ्या इस्टाएलको नमस्ते सुकेको नहोस्।
सुर् न ताल्