Posted by: भउते December 19, 2007
Login in to Rate this Post:
0
?
Light-2 wrote :.........shankar pande le chunab jitda bijay julush ma hineko...
साँच्चिकै पुरानो दिनहरु सम्झाइदिनु भो Light-2 ज्यु। शंकर गुरुका पछि लागेर पूर्वमा चापाकोट देखि लिएर बीचमा गल्याङ्ग-मालुङ्गा हुँदै पश्चिममा बिर्घा सम्म गन्धर्व जस्तै गीत गाउँदै भोट मागेर हिँडेको दिनहरु ताजा भयो, आज। साथमा राजु कि के पाण्डे थिए, गायनमा। अनि मोहन पाण्डे थिए फेरि, भाषन गर्न सुरु गरेपछि अन्त्य गर्नै नखोज्ने।
त्यति खेरको एउटा गीतको दुइ हरफ सम्झना भयो:
जाग जाग जनता जाग्नु पर्दछ,
सामन्ति र शोषकलाई मास्नु पर्दछ।.....
सामन्ति मास्नी भनेर स्कुलको पढाइ छोडेर सारङ्गी बोकेर हिडियो। कठै बरा ! सामान्ति त भुत्रोको मासिनु। झन बडे सामान्ति, छोटे सामन्ति बनेर झन धेरै च्याउ झैँ निस्के।