Posted by: Deep December 18, 2007
Dibya -----------
Login in to Rate this Post:     0       ?        

wow.nepal,

"ल फेरी दिब्या माथि हजुरको दिब्य दृष्‍टि पहिले नै परि सकेको जस्तो अनुमान गर्दैछु म त है। "

दिब्य र भब्य त अब मैले भनेर के र तर परेको त परेकै हो ....

SateLite,

u r the best in jest हो कि भनेर झल्याँस्स हेर्दा त in jest त रहेनछ। जय होस।

Narayangarh suburb,

"Nimothna paye bhanera teti sarai nanimothouna Deep jiyu"

हैन कता के निमोठ्या भनेर चिमोट्या हो मलाई, प्रभो?

kalejo,

प्रभो र कान्छा महोदय दुबै भलाकुसारीमा त पोख्त पाएँ मैले। एकातिर बाट पद्यमा अर्को तिर बाट गद्यमा बिचारको आदान प्रदान रमाईलो थ्यो।

Amazing,

बाङ्गे, ट्वाक, छ्याक, बर्मु, सुपारी, झ्यालिन्चा आदि गरिएका संगतले नै म आज यस्तो भाको -- भातेहरुलाई त बिर्सिन सकिन्न -- बोलाउँछु नी अर्को प्रस्तुतीमा पातकिहरुलाई।

kancha01 ,

स्वागत छ साथिलाई।

uptowngal,

"Deep jyu kataa lagnu bho. mata hajurko kathaa sunna paleti kasera basiraako chu. lu jhattai katha bhanna suru garnus."

स्वस्थानी बाचन श्रवणको दृस्य झल्किने कस्तो निम्ता हो यो हरे! म उता बस पारकमा चुरोस तान्दै कुरान दि रा अब पलेटी मारेर मलाई कुरीरा बुझ्या भे त उता जान्न थें। कम्नीकेसन ग्याप भर बर्बाद भएछ नी।

Birkhe_Maila,

"जए परमेस्सोरि नया उत्पातीहरु आएछन यता कथामा! यिनका चर्तिकला बढदो रेछ।"

कलि चम्किदा हुँदी यस्तै यस्तै चर्तिकला हुन्छन भन्थे अरे ब्यासले गणेशलाई परापूर्बकालमा प्रभो। सत्य बाणी हो कि क्या हो त?

अनि खम्बा ढालियो ब्यान? कि हल्का झडप मात्रै हो? गाँठ र गाथ दुईटैमा मा त घच्च परेन त आफ्नो?

world_map ,

हस प्रभो धस्काम्छु नी म --

rbaral,

धेरै पछि भेट भो गाँठे ---

GP ,

हाहु गर्दै गर्नु पर्छ गुरुजी-- पुरानो चिनजान हो हाम्रो त --

bideshi ,

"Tara hami lai kati kurai rahanu bhako?"

कुराको त खास दिब्याले हो क्या।

Nepal ko chora ,

"हन प्रभु, अर्को भाग कहिले आउछ होला?"

यो भागको लोभमा चौटा खान गा झोलाँ डुबेर मर्या जस्तो भो प्रभो आफुलाई। क्यार्नी होला?

Read Full Discussion Thread for this article