Posted by: Rahuldai December 11, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        
बिर्खे बा, माछाको कुरा गर्नु हुन्छ, म त माछा देखि दश हात पर बस्नेम परें।
कुरो १-२ किलास पढ्दाको हो। दशैंको भोज, मोज छ भन्दै माछा खाएको काँडा घाँटीमा अड्क्यो।
एक् से एक्  भलादमीहरुले घाँटीको काँडा निकाल्ने युक्ती, जुक्ती निकाले र पनि त्यो टुक्रो निस्कन मानेन, संबिधान सभा जस्तो।
पिठ्यूँमा बेसमारी हिर्काए। काँडाको साटो रगत निस्कन थाले सि भएन बा भनेर बीर अस्पताल लगे। बज्या डाक्टर हो कि मदनवा मार्का कम्पाउण्डरले घाँटी भित्र सम्म अजिबको औजार प्रबेश गराई त्यो संबिधान सभा रुपी काँडालाई डाँडा कटाए। त्यो दिन देखि माछा भन्नु भनेको काँडा भन्नु सरह भयो।
त्यसैले कालिमाटीको माछा, भेडा सिङको अस्ला, कालधाराको रहु, भिमसेनस्थान्को झिङे माछा त के अक्वारियम भित्र को गोल्डफिस देखि पनि डराउन थालेको छु। ((((((((((बचाउ)))))))))))) {{{{{{{{{बचाउ}}}}}}}}} [[[[[[[[बचाउ]]]]]]]]]]]]]]]।
Read Full Discussion Thread for this article