Posted by: kalejo December 10, 2007
Login in to Rate this Post:
0
?
थाहा छैन यो मन ले कति थाम्न सक्छ
कति रमाउन सक्छ,कति लुकाउन सक्छ
सम्झनाको माला कति गाँस्न सक्छ
कुन दिन चुँडिन्छ, छरिपष्ट हुन्छ
चुँडियोस्, छरियोस्, भँईभरि पोखियोस्
त्यो कोमल पाऊले यसमा नै टेकियोस्
तै पनि यो मनले कामना यहि गरोस्
जून जस्तो त्यो अनुहार सधै चम्किरहोस्
निर्दोष ति आँखाहरुमा आशु नआवोस्