Posted by: BKMailo December 5, 2007
BHOJPUR
Login in to Rate this Post:     0       ?        

भोजपुरमा माओवादीको चन्दा अभियान

कास

भोजपुर, मंसिर १८ - माओवादीले भोजपुर सदरमुकामदेखि पर्ूर्वी क्षेत्रका विभिन्न गाविसमा चन्दा अभियान सुरु गरेेका छन् । उनीहरूले एक महिनादेखि पत्र पठाएर शिक्षक, र्सवसाधारणसित रकम दिन दबाब दिएका छन् ।

माओवादीले विद्यालयबाट शिक्षकको चार दिन बराबरको तलब लगिसकेका छन् । चरम्बी गाविस स्थित अरुणोदय माविका प्रअ मकरबहादुर वैद्यले प्रथम चौमासिकमा चार दिनको तलब माओवादीलाई बुझाएको बताए । सदरमुकामदेखि पर्ूवका चरम्बी, याङपाङ र प्याउली गाविसमा शिक्षकलगायत स्थानीय बासिन्दासित रकम माग गरिएको पीडितहरूले बताएका छन् ।

वैद्यले विद्यालयबाट रकम दिए पनि व्यक्तिगतरूपमा थप एक लाख रुपैया“ मागेको बताए । रकम बुझाउने ताकेता आए पनि हालसम्म रकम नदिएको उनले जनाए ।

रकम नदिए राजतन्त्र र गणतन्त्रवादीको कित्तामा छुटिने धम्की दि“दै माओवादीका एरिया इन्चार्ज चन्द्र बुढाथोकी र उनका सहकर्मी राजकुमार र्राईले जबरजस्ती गर्न खोजेको चरम्बीका पीडितहरूले बताए । चरम्बी गाविसबाट मात्र जनही ३० हजारदेखि एक लाख रुपैया“सम्म माग गरेका छन् । सोही गाविसबाट माओवादीले करिब ४ लाख ५० हजार रुपैया“भन्दा बढी रकम माग गरेका छन् ।

माओवादीले दुःख दिएको खबर गरे पनि जिल्लाबाट नेताहरू नआएको गुनासो प वैद्यले गरे । वैद्यले स्वेच्छिक चन्दा दिन तयार रहे पनि जबरजस्ती नगर्न माओवादीलाई आग्रह गरेका

छन् । माओवादीले ऋण परेकाले चुक्ता गर्न चन्दा संकलन थालिएको बताए । गणतन्त्रको निम्ति संर्घष्ा गर्न आर्थिक संकलन गरिएको माओवादीको जिल्ला इन्चार्ज दीपेशले बताए ।

SOURCE:  http://kantipuronline.com/kolnepalinews.php?&nid=130280

Read Full Discussion Thread for this article