Posted by: kalejo December 5, 2007
रहरै रहर
Login in to Rate this Post:     0       ?        

मन्द मुस्कान लिएर आउछिन् उनी, बहकिन्छ यो मन यसै उसै
धड्किन्छ यो मुटु उनीकै लागि, पछ्याउछन् यि आँखाहरुले जतै ततै
कहिले सोच्छु भनिदिन्छु उनीलाई, फेरी सोच्छु यो एक्लो रहरको के नै भर
भनिदिउँला उनिलाई मनको ब्यथा, तर फेरी बोल्नै छोड्ने पो हो कि भन्ने डर

साथिहरु भन्छन् भैगो छोडिदे, उनी म जस्ता को लागि होइनन् रे
पबित्र छिन् रे उनी मन्दिर जस्तै, सोचाइले आकश छुन्छन् रे
हो बहकिएको हावा जस्तो थियँ, एक्लो यात्रु हुदा भर के को नै हुन्छ र?
तर आज सोच्छु, सोद्छु उनीलाई, के म उनीको लागि बद्लिन सक्दिन र?
Read Full Discussion Thread for this article