हन यो बुढेसकालाँ नि के को हड्डे बड्डे भनि मुनाउनि होला हरे शिव शिव। अब राम राम जपेर बस्ने बेलाँ के को चुरिफुरि हो भउतेको। ह्वाँ कतिजना तिम्रो बाजे को काट्टो खान कुरेर बसिचन्। अझै तन्नेरि हुँदै गा' भनेर धाक लाम्छ। अस्ति बिहे गर्न भनेर केटि हेर्न जाँदा सेतै फुलेको कपाल देखेर धन्नै कुचो खा'को बिर्सेउ कि के हो? कम्सेकम कपालाँ कालो ला'र त जानु पर्छ नि, तेत्ति बुद्दि नि आएन त्यसबेलाँ। अनि केटिको बाउले "अनि सम्धि ज्यु खोइ त ज्वाइंसाब पाल्नु भएन त?" भनेर सोद्धा"त्यो केटा त मै हुँ " भनि टोपलेको मात्रै के थियो" केटि रिसले आगो भइहालिन् र कुचो उठाएर हान्न मात्रै बांकि थियो, धन्न मसँ ग'को भेर बांचेउ बुढा। नत्र तेइ दिन तिम्रो राम नाम सत्य बनाइदिन्थि तेस्ले।
तर नमरेको मुन्छेलाइ तेत्ति साह्रो भुनि नहालम् एउ फेरलाई। लौ त बडेमाँको बड्डे मुनाउ तिमेरु सप्पैले .....................