Posted by: Deep December 2, 2007
आमन्त्रण
Login in to Rate this Post:     0       ?        
आमन्त्रण एउटा जिवन यात्रा जस्तै बन्दैथ्यो मेरो लागि। निरन्तरता दिईरहन जति मन लागे पनि रहर र यथार्थ जुध्ने परीस्थिती तिर म पुग्दै थिएँ। अत: मैले आमन्त्रण बिसाएको हुँ। सकियो त भनेको छैन। हो, अहिलेको बिश्राम सामान्य नभै हठात अनि दबाबमा परेको झै देखिन्छ। बिश्रामलाई लिएर यस्तै बिचारहरु पोख्ने सबै प्रति म पनि सहमत छु। यी अहिलेका केही दिनहरु र आउने खै कति अरु दिनहरु हुन एक जमात भएर मलाई नितान्त त नभनौ तर नौलो चुनौतीको घेरा तर्फ मेरा सिमाहरु कोर्न थालेको मैले देखेको छु। यो नौलो चुनौतीमा मेरो भुमीका परीभाषित गर्नु मेरो तत्कलिन अभ्यास हुन पुगेको छ।  यसै स्थितीलाई ध्यानमा राखेर मैले आमन्त्रणलाई रोकेको हुँ।

 फेरी अघि बढ्न त के छ र --

"मैले सकेसम्म स्वर सोझ्याउँदै भने "उता आमन्त्रण छ आज" -- आँखा भने आफ्नो खोल्नै गारो हुँदै थ्यो।"-- सम्म त पुगेकै छ त्यसमा ---

"तै पनि जसो तसो बांग्गेको घरबाट निस्केर म बिहे घर तिर लागें --" भन्दै क्रमका खुडकिलाहरु चढ्न सार्है गार्हो त परोईन।

जे होस, म सानो मौका मिलाएर अहिले मौन र ब्यक्त दुबै खेमामा रहेका आमन्त्रणका पाठकहरुलाई एक पटक फेरी खर्चिएका समयको लागि हार्दिक धन्यबाद अर्पण गरौं भनेर उपस्थित भएको हुँ।  अब बिदाको पनि निबेदन पनि गरीहाल्छु।

साथिहरुको जिवन सुखद रहोस।
Read Full Discussion Thread for this article