Posted by: Madness November 30, 2007
आमन्त्रण
Login in to Rate this Post:     0       ?        

दीपज्यू,

पहिले देखि नै तपाइँका कथाहरु/संस्मरणहरु/रचनाहरु/लेखहरु जे नाम दिनुहुन्छ, पछ्याउँदै आएको छु। पारम्परीक र चलनचल्तिको नेपाली कथालेखनको मुलधारबाट पृथक किसिमको तपाइँको रचनाले माथि कसैले भने जस्तै नयाँ किसिमको नेपाली कथा लेखनको इतिहास सुरु गर्ने सामर्थ्य राख्छ मेरो हेराइमा। कथाको पात्र, परिस्थिती र सम्वाद यति सम्म सजीव लाग्यो कि मानौँ म एक पाठकको रुपमा तपाइँको कुनै पात्र बन्दैछु वा कथामै कतै प्रत्येक पल उभिइराखेको छु। यो बहावलाई निरन्तरता दिनुहोस अझ निखारिँदै जान्छ, फैलिँदै जान्छ र यो नौलो स्वादको लेखाई एक स्थापित साहित्यिक पकवान बन्ने छ। मेरो शुभकामना छ।

Read Full Discussion Thread for this article