Posted by: deeps November 30, 2007
कमिसनको खेल : बेलायतस्थित नेपाली राजदुताबास विक्रीमा
Login in to Rate this Post:     0       ?        
www.palpaonline.com बाट

नवनियुक्त एघार राजदूतहरूलाई राष्ट्रप्रमुखको हैसियतले गत महिना बिदाइ सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला निकै उदार र संन्यासी ढंगले प्रस्तुत भए। बदलिँदो विश्व परिवेशमा राजदूतहरूको प्रमुख भूमिका आर्थिक कूटनीति हुनुपर्ने र कूटनीतिमा पनि गठबन्धनको संस्कार विकास हुनुपर्ने वयोवृद्व प्रधानमन्त्रीले बताए। त्यति मात्र हैन व्यक्ति
, परिवार, नेता र दलगत स्वार्थभन्दा माथि उठेर काम गर्न निर्देशन दिँदै कोइरालाले नवनियुक्त दूतहरूलाई उत्साही बनाए। कात्तिक २० गतेको उक्त औपचारिक सम्बोधन सकिँदा नसकिँदै कोइरालाका आखा बेलायती राजदूत मुरारीराज शर्मामा गएर टक्क अडिए।

तपाईं मलाई छुट्टै भेट्नुस्‘, अरू राजदूत अभिवादन टक्र्याउदै बिदा हुने क्रम जारी रहदा रहदै कोइरालाले भने, ‘बेलायतको दूतावास बेच्न सबै काम कुरा मिलिसकेको छ, तपाईं गएपछि टुंग्याइहाल्नुपर्छ। ‘एक छिनअघिसम्म संन्यासी रूपमा प्रस्तुत भएका प्रधानमन्त्रीको भनाइ सुनेर भावुक भएका राजदूतहरू कोइरालाको दूतावास बेच्ने योजना उनकै मुखबाट सुनेपछि बल्ल होसमा आएका थिए। एक सहभागी राजदूतका अनुसार अरू दस राजदूतलाई भने कोइरालाले कुनै व्यक्तिगत निर्देशन दिएनन्।

बेलायतका लागि निर्णय भइसकेका दुइ प्रतिस्पर्धीलाई उछिन्दै राजदूत बन्न सफल शर्मा प्रधानमन्त्रीको निर्देशनप्रति सम्मति जनाउदै एकान्त गर्ने इच्छाका साथ कुरिरहेका थिए। कोइराला मात्र हैन, उनकी पुत्री सुजाताले समेत त्यसपछिका दिनमा शर्मासग दूतावास बेच्नेबारे पटक पटक गोप्य कुराकानी गरेको दाबी बालुवाटार स्रोतले गरेको छ। (more…)   

Read Full Discussion Thread for this article