"हरीप छ यार -- खतरा ट्रिप दिन्छ। बाउले रीसेन्ट्ली ल्याको हो के -- " उस्ले भन्यो। बेला बेला धारा प्रबाह अंग्रेजी दिन्थ्यो उस्ले नेपाली र हिन्दी मिसार।
उस्लाई ट्वाँट दिएँ --- मैले नखाई उस्ले नी नखाने भो। चाख्या मिठो रे छ -- तरुनीको गफ गर्दै अरु चाख्दै गर्या त झम् झम् गर्या जस्तो पो भो। अरु कुरा गरियो पूनमको -- कबिताको -- चेतनाको-- अनि ज्योतिकाको कुरा-- ट्वाँटले छोडे पछि जाने भनियो अरु थपियो। मलाई त लाग्दैन लागे नी कन्टोल गर्न सक्छु भन्ने आफुलाई पक्का थ्यो।
निक्कै बेर पछि होला --"बे मा जाने हैन त अब?" बाङ्गेले लर्बरिएको स्वरमा भन्यो।
"जानै पर्यो नी -- निम्ता छ बे को -- तरुनीहरुको आमन्त्रण छ" मैले भनें।
"ल खत्तम्!" बाङ्गेले भन्यो "तैले त बोलेकै नबुझिने भएछ -- लाग्यो कि के हो तँलाई?"
"काँ लाग्छ अहिले?" म जुरुक्क उठेर देखाउने भा को भन्न भो -- थुचुक्क बसें"
"माल कडा रे छ यार" मैले सुस्तरी भनें।
"बुझिस तर त्यो पूनम सूनम कबिता सबिता भन्दा यै माल ठिक -- कम से कम धोका त दिएन -- आखिर लागि छाड्यो -- ज्योतिकाले आउँछु भनेर आईन -- त्यै पूनम भए पनि --" भन्दा भन्दै पातकी ढ्लयो ओछ्यानमा।
म बल्ल तल्ल उठेर निस्कें उस्को कोठाबाट --बे मा जानु त पर्ने हो -- निम्ता थ्यो -- -- कबिता पूनम र चेतनालाई सम्झिदै त्यो बाङ्या घुमाउरो भरयाङमा म फेरी खुरुमुरिने हो कि भन्दै खुडकिलै पिच्छे बस्दै ओर्लदै थिएँ।
कुबेरले मेरो ताल देखेर होला सोध्यो "दाई, कता यो हालताँ?"
मैले सकेसम्म स्वर सोझ्याउँदै भने "उता आमन्त्रण छ आज" -- आँखा भने आफ्नो खोल्नै गारो हुँदै थ्यो।
********