"खै त ज्योतिका?" बाङ्गेले मलाई सोध्यो।
"कत्ति ज्योतिका ज्योतिका भनी रा? आउली नी त एक छिनमा --पर्खि न --" मैले सम्झाएँ।
सुपारी चै यसो उसो गर्यो त्यै पूनम र कबिता सँग गफ गर्या देख्ने म चैं -- बल्ल बल्ल कबिता सँग अघि कुरा गर्दै थिएँ म चेतनाले बिनिसित्ती घुरी -- भो की? चेतनाले गर्न खोज्या के हो के हो?
ट्वाकले बेला बेला कबिता तिर हेर्दै मलाई सोध्थ्यो 'लागि रा छस?"
"अँ" भन्थे म चै। "तँ नी?" भनेर उस्लाई सोध्या मैले "अलि अलि" भन्दै हिन्या थ्यो उ पनि।
जन्तिको बाजा सुनियो। झन रुमलो भयो घरमा।
म ट्वाकको कोठाबाट गीतको चक्काहरु लिएर ओर्लदै थिएँ कबिता सँग भेट भो। त्यो भिडमा उस्ले मेरो हात च्याप समाती जोड सँग र छडीदिई -- अधरमा उही आग्नेयास्र्त्र। पूनम उ सँगै थिई। कबिताले समातेको मेरो हातमा उस्को नंगको डाम अझै प्रस्टै चिनिन्थे।
मलाई सुपारी तिर ईगित गर्दै अस्ति चेतनाले किन पसपति जान दिईन मैले बुझ्नै सकेको थिएन। झन आज साँच्चिनै पूनम आएपछि त म झन अलमलिएँ। चेतनालाई सुपारी पसपति गएको त थाह रे छ तर कस्को लागि भन्ने थाह रैन्छ कि -- थाह भए पनि नभए पनि म चै उसैको मात्रै भन्या हो कि -- एक चोटी कबिता भडकिओस अनि दीप मोरोलाई म पनि खँगारदिन्छु -- त्यतिन्जेल सपना देख्दै गरोस भन्या हो की -- के हो के -- हत्तेरी!
जन्तिको रुमलो तरुनीको रुमलो बाङ्गे भडकेर उस्को रुमलो -- कति तिरको टेन्सन भन्या नी --खाई न पाई --
"ए! बाङ्गेलाई हेर्दे न यार एक चोटी" सुपारी त आत्त्या जसरी आयो म कहाँ -- म उता बर्मु सँग कुरा गर्दै थें।
"किन र के भो?" मैले सोधें।
म त्याँ पूनम सँग कुरा गरी रा है उ त आएर अङ्ग्रेजी मा "हेलो -- आई एम सो एन्ड सो" भन्दै पूनम सँग हात मिलाउन आई रा भन्या -- मैले त सम्झाउनै सकिन। पूनम पनि गै अनि उ पनि हिन्यो खै कता गयो -- एक चोटी सम्झा त त्यस्लाई -- ट्वाँट लाग्या जस्तो छ भातेलाई -- काँ गएर लाएछ यार? " सुपारी चिन्तित देखिन्थ्यो।
म बाङ्गे खोज्न हिनें।
झिमिक्क गर्दा बाङ्गे पुगीसकेछ फेरी उता चेतना, र ग्यागं भा ठाममा र सुरु गरीसकेछ बोल्न "हेलो चेतना हाउ आर यु --यस्तो बबाल पनि गर्दीनी -- तिमी दीपलाई साईड हान्दिनी -- दीप कबिता लाई -- कबिता फेरी सुपारीलाई रे -- सुपारी फेरी पूनमलाई आई लभ यु दिनी रे -- तिमीहरुले के मुक्न्दरका सिकन्द्रर गर्न ला हो कि क्याहो? मेरो पालाँ पुगेसी त पूनमले 'गेट लस्ट' दि रा भन्या " मेरै पालाँ किन पर्नु पर्ने यो ट्र्याजिडी भन्या नी? यु नो लाईफ इज ढुङ्गेधारा रे -- नसुकुन्जेल तुरुरु सुके पछि उही हो -- अनि खै त ज्योतिका?"
हेर्दा हेर्दै सबै तितर बितर भए। चेतना क्रुद्ध देखिन्थी यस पटक।बाङ्गे एक्लै त्याँ छ्क्क परेर झुल्दै थ्यो। ---
म बाङ्गेलाई सम्झाउँदै थिएँ ट्वाक आयो -- पछि पछि चेतना र ग्यांग पनि थिए। बाङ्गे फेरी "हेलो आई एम ---" भन्दै थ्यो ट्वाकले मलाई अलि पर तिर तानेर "यस्लाई घर पुर्याएर आइज त तँ --" भन्यो।
मैले बाङ्गेलाई "हिन त यता" भनेर बाहिर तिर लागें। उ "कता?" भन्दै पछि लाग्यो।
"एक चोटी घर पुगेर आम त हिन" मैले भनें।
"यता लटरम्म तरुनी फल्या छन के खान घर जाने?" उस्ले नजाने सुर गर्यो।
"हेर बाङ्गे -- तँलाई लागि सक्यो -- कस्ले धोक्न लायो भन्त तँलाई आज? -- यहाँ अनि ट्वाकको दीदीको बेमा बोर गर्न त भएन नी"
"हैन ज्योतिका आउँदिन रे भने पछि अब के बाँकी भो त?" उस्ले सोध्यो।
"आउँछे रे भन्या सुनीनस? अब त आए पनि के? तँलाई देख्ना साथ भडकिन्छे -- खाली हेलो -- आई एम सो एन्ड सो --" भन्दैमा हुन्छ? घराँ पुगेर फ्रेस हुने अनि आउने -- ज्योतिका आउँदा रेडी हुनु परेन? मैले सोधें।
"पर्यो यार पर्यो -- झन कैले देखी रेडी भै राको है -- लास्टाँ आर र्याग गर्न त भएन नी -- तर मलाई ज्योतिका नभए पूनम भए नी हुन्छ सुपारीलाई भन्दे न" उ बर्बराउँदै थ्यो।
"हुन्छ म भन्दिन्छु -- पैला घर त हिन --" भन्दै उस्को घर तिर लागिम।
बाटा भरी पूनम र ज्योतिका भनेर दिक्क पार्यो।
घराँ कुबेर र बाङ्गेको हजुरामा मात्रै थिए -- ढुक्क थ्यो।
अघि घरमै आएर ट्वाँट लाएर गा रे छ उ। अब उस्लाई त्याँ छोडेर म हिनम एकै छिन मा उ आई पुगी हाल्थ्यो ट्वाककाँ -- निस्चित थ्यो। त्यसैले बिचार गरें बरु बज्यालाई अरु ख्वाईदिनु पर्यो अनि सुत्छ आनन्दले।
"यो त हरिप माल जस्तो छ नी" मैले ट्वाँट देखाउँदै सोधें।
"हरीप छ यार -- खतरा ट्रिप दिन्छ। बाउले रीसेन्ट्ली ल्याको हो के -- " उस्ले भन्यो। बेला बेला Read Full Discussion Thread for this article