मेरी बास्सै! ------
भन्दा भन्दै बे को दिन पनि आयो -- डबलीमा हाम्रो बिहानै भेटघाट थ्यो -- यता शोभाले आज ट्वाकलाई प्रेमपत्र दिने हल्ला थ्यो भने उता कबिता र पूनम सारी लाएर आउने। बाङ्गेलाई ज्योतिकाको बारेमा मैले सुनाए देखि उ र म चार चोटी पुगी सक्या थिम टंगाल तर देखादेखै सम्म पनि भाको थेन। तर ज्योतिका आउने रे बेमा भनेर बाङ्गेले हिँजै प्रेमको पूर्ब सन्ध्या नामक कार्यक्रम राख्या थ्यो राती जुन निक्कै सफल भयो। सुपारीले त छाद्यो छाद्यो ट्वाकले समेत छादेको भने पछि कार्यक्रमको प्रभावकारीताको बारेमा धेरै बयान गरीरहन परोईन। आफ्नो पनि ब्यानै टाउको भरी ढकै ढ्क राख्या जस्तो भा थ्यो। कार्यक्रम घरमै राख्या थ्यो बाङ्गेले-- उस्ला बा आम थिएनन। बाहिर गै रहन्थे। एक दुई दिनमा फर्किने रे भन्थ्यो खै कैले हो। कुबेर थ्यो घरमा -- अनि हजुरामा थिईन। राम्रो कान नसुन्ने --- खाली धार्मिक किताब पढेर बस्थिन। बाङ्गे जन्मिन त लक्कि घरमा जन्म्या हो।
आज आमन्त्रणको दिन थ्यो --
आर्कको बे हामी सबैलाई यत्तिको रमाईलो हुन ला यो फस टाईम नै हो भन्दे हुन्छ। त्यो डबलीमा ब्यान निक्कै रमाईला कुरा भए। हामी कसकस्ले के के गर्नी भन्ने निक्कै बहस भो। सबै उस्ताद जस्तो कुरा गर्ने गर्न लाई। हामी सबैलाई बेग्लै धमाधम थ्यो दिनभरी नै जस्तो—
अब बेको घरमा रमझम त हुने नै भयो तै पनि हाम्रा तरुनीहरु नआए सम्म हाम्लाई के को रमझम? हामी कुरान देको देकै त्यै कुरी रा बेला कोई अरु नै तरुनी आए भने घुरान पनि देकै हो। केटी पाटीको हुनु पनि बेमा झुरै रे छ -- कामै धेर गर्नु पर्ने। बे मा त जन्ति साईडको हुनै मजा। डट्टीएर गयो (पाए आफ्नै नपाए अर्कैको भिरेर भए पनि) केटी पाटी काँ, लौ जन्ती आए भन्छन भाउ बेग्लै। केटी पाटीमा तातो न छारो को टेन्सन -- काम गर्नाको हैरान। अन्त भए त अलि ढिलै गए पनि हुने अब ट्वाककाँ भएन। त्यै तरुनीहरु आउने आस भएर मात्रै नत्र त साफ बोर हुने नी।
त्यसो त मलाई नै चै कबिता नआए पनि चेतना थिई तर चेतना पनि आज त बत्या बत्यै है -- राम्रो सँग दुई शब्द पनि बोल्न पा हैन आफुले। भरे फेरी कबिताको धुनमा चेतना भडकिली भन्ने पिर आफुलाई बेग्लै। अब अनिकालमा ठीटी भडकाउने काम त गर्न भएन नी -- कसो? ल जे भए पनि ट्वाकको घर झलमल थ्यो -- आफुले राख्या बत्ती --त्यो घरमा त्यो बत्ती जस्तो राम्रो आफुलाई केही
नलाग्ने।
बेलुका जन्ति आउने -- जन्ति आउँदा दुलही पाटी रेडी भै सक्नु पर्ने। ट्वाककाँ भोज सुरु भै सक्या थ्यो। हामी (मुख्यत: सुपारी, बाङ्गे र म) कैले बाहिर बाटामा हुन्थेम कैले भित्र पालमा। ठीटीहरु आए हेर्दी पनि हाल्यो अरु आए देख्या नदेखै गर्यो गर्थिम। एक राउण्ड त हामीले हल्का बजाईसक्या थ्यो अर्को राउण्ड जान बाँकि नै थ्यो। बे को बेला चुरोट फेरी नखाई नहुने -- किस्तिमा ल्वाङग सुकुमेल सँग राख्या केही खिल्लीहरु झ्याप हान्या थ्यो त्यो नसकि मनमा किन चैन हुन्थ्यो र?
हामी बाहिरै थिम दुईटा ट्याक्सी आए -- आउन त कति आए आए तर अब यि दुईटाको काम छ के त्यसैले कुरो झिक्या। ति दुईटामा भएर कबिताका र उस्का मान्छेहरु आएछन -- पूनम पनि साथमै थिई। मैले उस्लाई चिन्या त थिएन तर सुपारी "पूनम पूनम" भन्दै मच्चे पछि थाह भै गो। नभन्दै कबिता र पूनम दुईटैले सारीलाएर आएछन। हल्ला हो रे छ। भरखरका ठीटीहरुलाई के सुर चलेछ कुन्नी तर हाम्लाई भने उत्पात राम्रो लाग्यो। "ल तिमीहरुका त आए यार, मेरो ज्योतिका पो कैले आउने हो" बाङ्गेले भन्यो।
पैला त कबिता र पूनम दुईटैले हामी तिर हेर्दै नहेरी सुरुसुरु लाग्या थे बाटो भित्र तिर तर जाँदा जाँदै दुईटैले फर्केर हेरे। लजालु मुस्कान त छदै थ्यो अनुहारमा। सजिनु सजिएर आएका रहेछन ठीटीहरु -- हुरुक्कै पारे।
"सुपारी! मारोगी क्या लक्की रैछस यार तँ पनि -- त्यो पूर्णीमा भन्ने त झन पूर्णीमै जस्ति रैछे पातकी" बाङ्गेले पूनमलाई देखे सम्म हेरेर भन्यो।
"पूर्णीमा हैन तेस्को नाम खाते-- " सुपारीले बिजयी हाँसो पोख्दै भन्यो।
"के त? पूर्णीमा भन्या हैन तैले?" बाङ्गेले सोध्यो।
"के को पूर्णीमा?" सुपारीले पनि बाङ्गेलाई हेर्दै सोध्यो।
"के को के को अब -- कोजाग्रत होला नी -- यस्तो तरुनी देखेसी के निदाउन सकिएला त नी? -- जाग्रामै त होला नी" बाङ्गेले सुनायो।
"पूर्णिमा हैन पूनम हो क्या उस्को नाम -- सम्झिराख" सुपारीले भन्यो। बज्या गद गद थ्यो।
"के बिर्सिन्थे अब त -- तैले बिर्सी भने नी बिर्सी नसक्नु रैछे पूनम के नी" बाङ्गेलाई पुगिहाल्यो मात्रा -- ज्योतिका आकै छैन।
"हैन, कबिता पनि त कम छैन नी -- " मैले नी थपें। अब खाली पूनमकै मात्रै कुरा गरेर हाम्रो मोरल डाउन गर्दीन त भएन नी साथिहरुले -- क्या!
"हैन् कबिता नी च्वाँक छ -- उस्लाई त पैले नी देख्या हो तर पूनम त फस्ट टाईम देख्या फस्ट टाईम नै बेस्ट Read Full Discussion Thread for this article