Posted by: parbatya November 29, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

पुज्यनीय पिता/माता
सादर प्रणाम,


यहीं आउंदो डेसेम्बर् महिनाको पन्ध्रा गते पहिला शिक्षित भै हाल दिक्षित हुने दिक्षान्त समारोह हुन लागेको खुशीको खबर नाच्दै कम्मर भाच्दै लेख्दै छु। हजुरहरुको आशिर्बादले म लक्का पक्का जवान पनि भैसकेकोछु। तसर्थ मेरा चौतारीका गाम्लेहरु यथाशीघ्र मेरो जन्तीमा जान औंला भांची दिन गिन्ती गरिराखेका छन्। अझ हाम्री ठुली त बाह्र बर्षमा एके चोटी लाउने सारी माथी स्तिरी लगाउन थाली सकी।
एउटी धन पनि भाकी मन पनि भाकी बत्तिस तेंत्तिस लक्षणले युक्त कुमारी कन्या ( ब्वाइ फ्रेन्ड  न भाएकी, भए पनि अब भुलिसकेकी) को खोजेर जग्गे समेत तयार गरी राख्नुभन्ने सादर् बिन्ती गर्दछु। सके यही डिसेम्बर मा स्वयम्बर गर्न पाए झन राम्रो हुन्छ जस्तो लागि राख्या छ।
अरु पछि भेटमा।


हजुरको प्यारो, सोझो, आज्ञाकारी पुत्र

पर्बते (दीक्षित)

Last edited: 29-Nov-07 01:20 PM
Read Full Discussion Thread for this article