Posted by: Birkhe_Maila November 29, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

लोल!

भनेसि सबैको उत्तरहरु केलाउँदा यसको उपसंहार भनेको चाहिँ-

 '  पुरुषमा आउने डन्डिफोरको लागि कुनै न कुनै किसिमले तरुनि र प्रेम सम्बन्धित छन्'

हाहाहा ठुल्दाई एउटा पेपर पब्लिस गर्ने कि?

 


'  पुरुषमा आउने डन्डिफोरको लागि कुनै न कुनै किसिमले तरुनि र प्रेम सम्बन्धित छन्'

(डा. राहुलभाई रायमाझि एट अल (२००७), बरिष्ट छाला तथा प्रेम रोग बिषेशज्ञ , युनिभर्सिटि अफ छालाहर्निया पारक्ले द्वारा अन्तराष्ट्रिय डन्डिफोर समिट २००७, मा प्रेजेन्ट गरिएको)

एब्सट्रयाक्ट- बिभिन्न उमेर समुहको पुरुषमा आउने डन्डिफोरको सामाजिक, मानसिक र भावनात्मक कारणहरुमा तरुनि र प्रणय बिषय प्रमुख कारक देखिन आयो। चौतारि गाउँका १८-५५ बर्ष समुहका पुरुषहरुमा ६ महिना सम्म गरिएको अनुषंधान अनुसार, ८७% पुरुष प्रेममा परेका, ११% पुरुष सकृय प्रणय सम्बन्धमा लागेका र बाँकि २% पुरुष कुनै पनि किसिमको प्रेम वा प्रणय सम्बन्ध बाट टाढा रहेका थिए। डन्डिफोर को फ्रिक्वेन्सि र इन्टेनसिटिको हक मा सबै सब्जेक्टहरुमा ३-३ महिनाको अन्तरको डन्डिफोर फ्रिक्वेन्सि औसतन ४ रहेको थियो। ६ महिना सम्म सबै सब्जेक्टलाई अनुहारको छालामा हुने इरिटेसन र इन्फेक्सनमा सहायक औषधि बिटासिथुमल ००५% को बराबर मात्रा लगाउन दिइयो। ६ महिना पछि परिक्षण गर्दा; प्रेममा परेका पुरुषहरुमा ३% को डन्डिफोर फ्रिक्वेन्सि र इन्टेन्सिटिमा सुधार आयो,  सकृय प्रणय सम्बन्धमा लागेका पुरुषहरुको डन्डिफोरमा कुनै पनि सुधार आएन र कुनै पनि किसिमको प्रेम वा प्रणय सम्बन्ध नराखेका पुरुषहरुमा १००% सुधार आयो। यो अध्ययनले देखाए अनुसार, सकृय प्रणय सम्बन्ध राख्ने पुरुषहरु हाइ रिस्क समुहमा पर्छन यसैगरि प्रेम सम्बन्ध राख्ने पुरुषहरु मिडियम रिस्क समुहमा पर्छन भने कुनै पनि किसिमको सम्बन्ध नराख्ने पुरुषहरु नो वा लो रिस्क समुहमा पर्छन, अर्थात यि पुरुषहरुमा आउने डन्डिफोर पूर्णतया: शारिरीक र छालाको विकार हो। चौतारी गाउँमा गरिएको यो अध्ययन चौतारी गाउँकै रहन सहन, बोलिचालो, जियोग्राफि, प्रेम सम्बन्ध, इतिहास, खानपिन र हावापानी सङ्ग मिल्ने स्थानमा मात्र जनरलाइज गर्न सकिन्छ।

 

Last edited: 29-Nov-07 11:25 AM
Read Full Discussion Thread for this article