ट्वाक र म सुपारीको घर तिर लागिम। --
सुपारी भरखरै मात्र छिरेको रहेछ घर।
हामिलाई देख्ना साथ -- अझ मलाई देख्ना साथ भनम् न सोध्यो "के भो?" ।
ट्वाकले के भो छोटकरीमा जानकारी गरायो। अनि मैले सोधें "तेरो चाई सवारी काँ थ्यो नी आज?"
"ल! ट्वाकले भनेन अहिले सम्म?" सुपारीले मलाई र ट्वाकलाई पालै पालो हेर्दै सोध्यो।
"मैले तँलाई नै सोध भन्देँ" ट्वाकले आफ्नो तर्फको कुरा राख्यो।
"वहाँ पसपतिमा कुर्दा कुर्दा -- ऐले आउला नी छैन भरे आउला नी छैन" सुपारीले दङ्ग पर्दै भन्यो। मलाई सुपारी खुसी भा पटक्कै मन परेन -- आफुलाई क्या परीरा बेलाँ।
"तँ लोखर्केलाई कल्ले बोला थ्यो र पसपति पुग्या थिस नी मर्न?" मलाई झोक चल्यो क्या। मेरी कबिता पढ्न उ जाने? मलाई थाङ्नामा सुतार? झन सोझो भन्या त घोचो जस्तो पो गर्दो रे छ।
"किन हाम्ले चै पसपति नै जान नहुने? तैले ठेक्का ल्या छ र त्याँ?" उस्ले सोध्यो तर उस्को सोधाईमा रिस थिएन। ट्वाक चुपचाप झ्याल बाहीर हेर्दै थ्यो।
"जा न जा -- त्यै आर्यघाटमा गएर बस कि पाटीमा मलाई केई न केई तर तँलाई त बोलाको थे न नी कबिताले" मलाई कबिताको लागि उ गाको मन परेको थिएन। सुनाएँ।
"को गयो र कबिताको लागि? -- कबिता त तँलाई कुर्दा कुर्दा कस्तो -- अझ उ पो ठुल्ठुलो स्वर गर्दो रे छ म सँग यहाँ --" उस्ले भन्यो।
"तँ किन गा त?" मैले सोधें।
"म आफ्नै काममा गा नी" उस्ले शान दिएर भन्यो।
"त्यो भन्या चै के नी?" म अलि अलमलिएँ।
"हेत्तरी! ल सुन म भन्छु--" ट्वाकले पलङ्गाँ बसेर कुरा सुरु गर्यो -- सुपारीले ढोका लाईसक्या थ्यो "सुपारी कबितालाई पुर्याउन गा त थाह पाई हालिस तैंले-- हो त्यै पुर्याउन गा बेलाँ कबिताले उस्को को साथि छ राम्री छ पसपतिमा बत्ति बाल्ने दिन उ पनि आउँछे भन्दै सुपारीलाई पनि बोलाई छ -- -- अनि यो पसपति अन्मेरीएको थ्यो अघि--त्यै हो"
अनि पैला मैले "हिन म सँग" भन्दा त जान्न भन्थिस त? मैले सुपारीलाई सम्झाएँ।
"हो था छ -- तँलाई 'सप्राईज' गर्नी भनेर क्या -- तँ वहाँ पसपति आउँदा त म पैलेई पुग्या देखेसी तैले के गर्ने रे छस भनेर प्लान गर्या -- भद्रगोल" उस्ले भन्यो।
"कस्ति रै छे त त्यो कबिता कि साथि भन्ने?" मैले सोधें।
कबिता भन्दा त्यस्तो धेरै त हैन तर उ भन्दा त राम्रि नै हो" सुपारीले सगर्व सुनायो।
"को भन्दा को राम्री रे?" मैले सोधें।
"कबिता भन्दा पूनम राम्री" सुपारीको स्वरम उल्लास प्रस्टै चिन्न सकिन्थ्यो।
"तेरो तरुनीको नाम पूनम?" मैले फेरी सोधें।
"अँ, सम्झि राख --" सुपारीले भन्यो।
"कबिता क्या राम्री छ -- त्यो पूनम भन्ने त्यो भन्दा राम्री छ त?" मलाई सुपारीकी तरुनी मेरी भन्दा राम्री भाकि किन ठिक लाग्थ्यो? पक्का गर्न सोधें।
"हो भन्या -- दीदी (ट्वाकको)को बे मा ल्याउँछु भन्या छ उस्लाई तेरो कबिताले -- हुन त उ नाई नाई भन्दै थिई" सुपारी आज बेग्लै मान्छे भएर आएछ।
त्यो खरानी धस्ला जस्तो सुपारी तरुनी सँग बसेर आएछ आफु ईन्द्र जस्तो भन्या कताको जात्रा भो आफ्नो चैं। सम्झेरै ब्यापक दु:ख लाग्यो नी। भनम के भनम कस्लाई भनम? तै पनि उस्ले "तेरो कबिता" भन्या भेर कता कता मन अलि हलम जस्तो नी भयो। तर सुपारीको के भर? मलाई यत्तिकै लट्टे देको हो की? बे मा कबिता आउँदा यसो गरे पनि सुपारी सँग उसो गरे पनि सुपारी सँग गरी भने? झसंग भएँ। त्यसो गरी चै भने बे मै म सुपारीलाई केइ न केई चै गर्दिन्छु भन्दै मन बहलाएँ। सुपारीको एउटा भर थ्यो अब त्यै पनि भडकियो। के गर्ने?
"अनि कबिता के भन्थि त?"
-- ट्वाक तिर देखाएर "यस्ले पुर्याएर यो हिनि हाल्यो --अनि यसो मन्दीर घुमेँ तँ ऐले नी आउँदैनस भरे पनि -- कबिता र त्यो अर्की केटी सँग आँखा जुध्या जुधेई, बुझिनस? अनि त त्यो तेरो कबिता त क्या आँटिली रै छे यार -- म उता बासुकी तिर यसो अलमलिदै थिएँ है -- उ र त्यै पूनम भन्ने आएर -- तल कलि नेर बस्दै गर्न भनी-- तरुनीहरुले फस्ट्याम बोला है म त क्या दंग नी ---"
"सुपारीको कुरा सुन्न -- हाम्ले तरुनीको कुरा गर्दा मन पराउँदैन थ्यो अहिले उही तरुनी तरुनी भन्न थाल्यो बा! आफुले नपाएर पो सोझो कुरा गर्या रे छ यस्ले पैला पैला" ट्वाकले बिचैमा भन्यो।
"अनि तँ नी तँ? म सँग जान्छु भनेर सुटुक्क सुपारी सँग हिन्देछ -- तँ सँग गा भे झगडै पर्दैन्थ्यो मेरो -- कबिता सँग अर्को अध्याय लेखीने रे छ -- तैले गरेर सप्पै चौपट भो" मैले ट्वाकलाई भनें।
""आज धुर्बकाका आ थे उनको वाई बी लिएर बुझिनस? उनी र बा आमा काम थ्यो शहराँ अनि ट्याक्सीमा गै हाले -- उन्को बाई बी घरमै थ्यो -- पैसाले यसो घुमाको साँचो खुलीहाल्यो -- अनि मोटरसाईकलमा गा हामी -- पुलिसले समात्ला भन्ने क्या डर तर ---" ट्वाकले जानकारी दियो अनि थप्यो "म यस्लाई पुर्याएर त्याँ बत्तिसपुतलीबाट एक दुईटा सामान लिएर घर आउँछु अनि तँलाई लिएर जाम्ला भन्या हो -- अगि नै भन्या हैन तँ बत्ति बाल्ने हैन -- पसपति देखी झन कबिता सँगै हुँदै चाबेल तिर बाट फर्किम्ला भन्या -- कबितालाई म पुर्याईदिन्छु घर भने पछि भै हाल्थ्यो -- तँलाई जान्ने भएर कल्ले एक्लै जान ला थ्यो? एक छिन पर्खेको भए हुन्न थ्यो?" ट्वाकले त झन मेरै गल्ति झै पो गर्यो।
"यता सुन्न न यता सुन -- त्यो अरु कुरा पछि गरे नी हुन्छ -- अनि बुझिनस है त्यो कलिमा म आउँदा त उनीहरु पर्खीरा के है -- अनि त गफ गर्दै गर्दै हैन हामी गौसाला सम्म आ भन्या --" सुपारी गफ हाँक्दै गयो।