Posted by: nepalean November 27, 2007
मेरो कथा मेरो गीत
Login in to Rate this Post:     0       ?        

सुर न तालको कुरो ले म संग चै ताल मिलायो। पुल्चोक कै निम्ती सुर न ताल जस्तै म पनि काठमान्डौ खाल्डो छिरेको हु तर मेरो छिराइ साझा बसमा थियो थानकोट बाट बि.इ प्रबेश परिक्षाको लागी। यति उराठ लाग्थ्यो कि त्यो ठाउ, बि.इ परिक्षा तयार गर्दा ३-४ पटक त छोडेर घर जाउं जाउं भएको थियो। यसो ओक्षानमा पल्टिन्थे, दिमागमा खेल्थ्यो मेरो घर कता भनेर। चार भित्ता हुदा पनि कुन भित्ता तिर पर्छ मेरो घर मेसौ नै पाउन्नथे, दिमाग त्यसै घुम्दथ्यो। यसो सम्झन्थे को संग कुरा पोखु। कोइ थिएन आफ्नो त्यो खाल्डोमा। न त फोनै थियो गाउंमा। साच्चै त्यती बेला त्यो काठमान्डु न्यु योर्क भन्दा ब्यस्त लाग्दथ्यो। काठमान्डुको कोलाहाल र इन्ट्रान्स दिने नेपाल भरिका मान्छे देख्दा सब भन्दा सानो मेरो गाउं र सबै भन्दा नजान्ने आफु जस्तो लाग्दथ्यो। मान्छे कुरा गरेको सुन्दा सारै रूखा जस्तो लाग्द्थ्यो अनि कान्तिपुर एफ एम सुन्दा लाज लाग्दथ्यो। बिना सित्ती गाली त कती खाइयो कती त्यसको त लेखा जोखा नै छैन। गोंगबु देखी सात दोबाटो, नहराएको त ठाउं नै छैन होला। कुपोन्डोल जाने २६ नं गाडी भन्थे, सिंगदरबार अगाडी उभियो, यता जान्छ कि पुल्चोक, उता जान्छ कि पुल्चोक, दौडादा दौडदै न बस भेटीन्थ्यो न कता जाने थाहा हुन्थ्यो। राता बत्तीमा टयाक्क बस, टेम्पो रोकिएको सारै मन पर्थ्यो। काठमान्डुको कोलाहाल गाउ जस्तै शान्त लाग्थ्यो रातो बत्तिमा। लगनखेल तिर गाउंले मान्छे भेटिन्थे, त्यता जादा घर तिर गए जस्तो लाग्थ्यो। तर ति गाउले महिलाले लिपिस्टिक पाउडर चाही लगाउदा रहेछन।पुप्पा चप्पल लाउन मन लागेर हंगकंग बजार गएर किनेको थिएं, खुब खप्यो त्यो चप्पल । सारै राम्रा राम्रा सामान पाइन्थे सस्तोमा।जिन्स पेन्ट खुब लगाउन मन लाएको थियो तर ३०० रुपयां ले आफ्नो महिना चल्थ्यो। पुल्चोक भर्ना हुन ४००० चाहिने रहेछ म संग त ४०० पनि थिएन। सबै नाम निक्लेर दंग भएका थिए म चाही खुशीमा बिस्मात जस्तो पैसाको जोहोमा लगेको थिए। एक जना साथिले सहयोग गरेका थिए, बिचरा उनको परिक्षा बिग्रिएछ।

यो कथामा गित कुन बज्छ कुन्नि लौ सुर न ताल, यसो ताल मिलाउनु पर्यो।

Read Full Discussion Thread for this article