हाssssई!!
एनका सत्यानाश हुने! सपै पातकि गाम्ले आउँछन नमस्ते भन्छन, भात खा नखा कुरो गर्छन जान्छन। चौतारी नि पइले पइले जस्तो भलाकुसारि अर्ने ठाम रहेन बाबै! तो जाबो नमस्ते भन्नलाई मात्तै क्यार्न आउनु पर्या हो? हामि जस्तो बरु बेपत्ता भा' भ हुन्तो नि। लु आइयो बाबै! आफ्नो त चाइन्जो बालि भित्र्याम्ने चटारोले गर्दा तेति आउने मेसो मिलेन। हेरि आज एसो फुरसत मिलो। ऐयाssऐयाssऐया... यो भाँचिन नसक्या पाँसुल्ला नि कति दुख्यो हो! हरिशरणम्! हन यो बर्ख जाडो नि कति हुन सक्या हो गाँठे! क्यार्नु आफ्नो करिम एस्तै छ, न दुई को चाँजो पाँजो मिल्छ, न रुई तक्न सक्या छ नयाँ, न त फुइ तापुम् भनो भन्देखुन अचेल दाउरा त के झिंटा समेत भेटिन्न। परार साल ग्वाँचेले ल्याइदेको गलबन्दिको नि उमेर पुओ जस्तो छ। जाडाँ मात्तै झिकिन्छ त्याँसि धुन परो भने लाउने के भनो जाडो सकिएसि धुँला भनेर बसो, तेइँ धुलो लाउछ, तेइँ पसिना कट्कटिन्छ, तेइँ चाइन्जो बेथा बिराम ला' बेलाँ सिँगान र खकार कट्कटिएर गलबन्दि जाबो त भर्खर किनेको माडा लाको धोति जस्तो अररो भ'र मर्या छ क्यार्नु!
लु को को छौ? सपैलाई जदौ!