खेल मैदान अभाव
शाहिमान राई
सदरमुकाममा रहेको एकमात्र टँुडिखेल सैनिकको नाममा दर्ता भएपछि भोजपुरमा मैदानको अभाव भएको हो । करिब ९० वर्षअघि सर्वसाधारणद्वारा निर्मित टुँडिखेल ०५२/५३ सालमा मालपोत कार्यालयले सैनिकको नाममा दर्ता गरिदिएपछि खेलाडीका निम्ति मैदानको अभाव भएको हो । सर्वसाधारणले सैनिकको नाममा मैदान दर्ता भएपछि टुँडिखेल प्रवेश गर्न पाएका छैनन् । द्वन्द्वका बेला पूरै तारबारले घेरिएको टुँडिखेल छ महिनादेखि विभिन्न संघसंस्थाले विशेष कार्यक्रम गर्नका लागि मात्र खुला गरिएको छ । उक्त टुँडिखेल सैनिकको स्वीकृतिमा मात्र प्रयोग गर्न सकिन्छ ।
सैनिकको नाममा दर्ता हुनुअघि जिल्ला विकास समितिले विभिन्न सभा, समारोहको आयोजना गनर्ुका साथै विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्दै आएका थिए । करिब १५ रोपनी क्षेत्रफल रहेको टुँडिखेलमा खेलकुद गतिविधि यही सञ्चालन हुने गरेका थिए । खेल मैदानको अभावमा फुटबल प्रतियोगिता गराउनसमेत समस्या रहेको भोजपुर फुटबल संघले जनाएको छ । फुटबलका लागि खुला मैदान अनिवार्य सर्त रहेकाले मैदानको तत्काल व्यवस्था गनर्ुपर्ने संघका अध्यक्ष विद्याभूषण श्रेष्ठले बताए ।
टुँडिखेल सैनिक, प्रहरी, सर्वसाधारण सबैले आवश्यक परेका बेला प्रयोग गर्न पाउनुपर्ने अखिल नेपाल फुटबल संघ एन्फाका राष्ट्रिय उपाध्यक्ष किशोर राईले बताए । 'त्यसका लागि हामी पनि पहल गर्छौं,' उनले भने- 'नभए वैकल्पिक व्यवस्था गनर्ुपर्छ ।'
जिल्लास्थित राजनीतिक दल, नागरिक समाजले चासो नदेखाएकाले टुँडिखेल सार्वजनिक गर्न र सैनिकको नामको दर्ता खारेज नभएको हो । टुँडिखेल सार्वजनिक गरेपछि खेल मैदानको समस्या नहुने स्थानीय बासिन्दा बताउँछन् ।
द्वन्द्वका बेला खेलकुद गतिविधि शून्य रहेको अवस्थामा भोजपुर फुटबल संघले पहिलो पटक असोज पहिलो साता पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिता सञ्चालन
गरेको थियो । शान्ति स्थापना भएपछि सैनिकले टुँडिखेलमा बजारका खेलाडीलाई अस्थायी रूपमा गतिविधि गर्न दिएको छ । 'यति मात्र पर्याप्त छैन,' एन्फा उपाध्यक्ष किशोर राईले भने- 'फुटबलका लागि वैकल्पिक मैदान त व्यवस्था गर्नैपर्छ ।'
Source: http://kantipuronline.com/kolnepalinews.php?&nid=128910