Posted by: Nepe November 20, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        

>गजल साहित्यमा बुँद राना महासागर हुन् 

>उनीजस्ता धारलिा गजलकार नेपालमा थोरै छन् ।

>छँदै छैनन् भन्दा पनि बात लाग्दैन ।

 

 

गजलको सौन्दर्यवाद र सरल प्रगतिशिल सामाजिक सन्देशको लागि बूँद रानाको जोडा शायद छैनन् । तर जटिल दार्शनिक र बौद्धिक चिन्तनहरुको मामलामा त हाम्रो शिरीषको जोडा छैन भन्ने दावी गर्दछु म । म आफैले पनि एक-दुई टुक्राहरुमा त्यस्तो अभ्यास गरेको छु ।

 

बूँद राना नेपाली गजलको एक विशाल हस्ताक्षर हुन् तापनि मलाई उनका रचनामा भएका शास्त्रिय निश्चिततावाद (determinism), द्विमार्गवाद (black or white) र केही मात्रामा विषयगत अबहुलता (lack of diversity) खट्किन्छ ।

 

नेपाली गजलले समृद्ध दार्शनिक स्वरुप ग्रहण गर्न केही कठीन यात्रा गर्न अझै बाँकी छ र केही अभ्यासी सहयात्रीहरु यताउता छरिएका मात्र हुन्, हुँदै नभएका चाही होईनन् है ।

 

प्रतिभाशाली अग्रजहरुलाई यथोचित सम्मान सहित,

 

नेपे

 

 

Read Full Discussion Thread for this article